ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलाल र तस्कर सखाप नपार्दा सम्म समाजबाद आउन सक्दैन : गृहमन्त्री थापा


sharan sharan
आश्विन १३, २०७५ शनिबार  १० : ०४ बजे

बुटवल, १३ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले दलाल र तस्करहरुलाई सखाप पारेमा मात्रै देशमा समाजवादको सुरुवात हुने बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालको आयोजानमा शनिबार बुटवलमा भएको लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला हिंसा न्युनिकरण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री राम बहादुर थापा बादलले तस्करहरु, दलालहरु देश भ्रष्टीकरणमा लागेको भन्दै तिनीहरुको दिन सकिएको बताउनु भयो ।
उहाले अबको अभियान गृह प्रशासनका तिनै तहबाट नै त्यस्ता दलाल, पुँजीपती, तस्करहरुलाई निमिट्यान्न पार्ने योजना रहेको भन्दै यसमा सबैको साथको खाँचो रहेको बताउनुभयो । पटक पटक दलाल पुँजीपती, गुण्डाका मतियारहरुले जनता ठग्ने गरेको भन्दै गृहमन्त्री थापाले जसका कारण देशमा समाजवाद स्थापना गर्नमा बाँधा अडचन आउने गरेको भन्दै त्यस्ता तत्वहरु राजनितीकदल र कर्मचारीतन्त्रमा समेत जरा गाडेर बसेको खुलासा गर्नुभयो ।
जनता र राज्य मिलेर मात्रै देश विकास संभव भएको बताउदै गृह मन्त्री थापाले महिला हिंसा अन्त्यको लागि स्थानिय तहबाट नै कार्यको सुरुवात हुनुपर्ने र यसमा गृह मन्त्रालयको सक्दो साथ र सहयोग रहेको बताउनुभयो । ७ सय ५३ तहबाट नै महिला हिंसा न्युनिकरण, मदिरा सेवनमा नियन्त्रण र समाजका विकृतिहरुर्लाइ हटाउनको लागि पहलको थालनी हुनुपर्ने उहाको भनाई छ ।कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागू औषधको प्रयोगले समाज भयावहको अवस्थामा पुगेको भन्दै यसको नियन्त्रण र सचेतना अबको पहिलो आवश्यकता भएको बताउनुभयो ।
उहाले भन्नुभयो,‘यसको नियन्त्रण र सचेतना नफैलाए देश र बालबालिकाको भविश्य अन्धकार हुनेछ ।’ उहांले मुलुकभर हाल १५ लाख ६ सय युवा÷युवती लागू औषध दुव्यसनीमा फसेको समेत जानकारी दिनुभयो । समाजमा अवधार बढाउने यस्ता विकृतिका विरूद्ध महाअभियान थाल्नुपर्नेमा महानिरिक्षक खनालको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com