ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक परिवर्तन गर्न दलहरुले जनताको नारा बोक्नुपर्छ : मन्त्री पोखरेल


एबीसी न्यूज

काठमाडौं,१३ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले दलहरुले राजनीतिक नारामात्र बोकेर हिडे जनताको विश्वास गुमाउनुपर्ने अवस्था आउने बताउनुभएको छ ।

विश्व मुटु दिवसको अवसरमा काठमाडौंको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक परिवर्तनका लागी दलहरुले जनताको नारा पनि बोक्नुपर्ने बताउनुभयो ।

पोखरेलले मुलुक परिवर्तनमा अघि बढिसकेको भन्दै यसको आभाष जनतालाई गराउनुपर्ने धारणा पनि राख्नुभयो । समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बेला आएको उहाको भनाई छ ।

उहाले पार्टीहरुले समाजको मुद्धा उठान नसके उनीहरु अगुवाई गर्न नसक्ने अवस्था आउने जिकिर गर्नुभयो । पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको नारा केवल मुलुकलाई धनीमात्र बनाउन कुरा नभई सहज मानवजिवनको बिषय पनि भएको बताउनुभयो ।

कार्यक्रममा ग्राण्डी अस्पतालका अध्यक्ष दिपक कुँवर र कार्यकारी निर्देशक डाक्टर अशोक प्रधानले मुटु रोगबाट बच्नका लागि स्वयं नागरिक नै सचेत हुनुपर्ने धारणा राखेका थिए । मुटु दिवसको अवसरमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले मुटुको निःशुल्क परीक्षणसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com