
काठमाडौँ, १३ असोज । अब मलेसिया जाँदा नेपाली कामदारले पैसा तीर्न नपर्ने भएको छ । नेपाल र मलेसियाबीच उच्च स्तरमा भएको सहमती अनुसार अब मलेसिया जाने नेपाली कामदारलाई पैसा नलाग्ने भएको हो । नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति भएसँगै नेपाली कामदार मलेसिया जाँदा खर्च नलाग्ने भएको छ ।
नेपालको मुख्य चासोको रुपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले ब्यहोर्ने सहमति भएको छ । नेपाल र मलेसिया बिच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।
मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो । मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अनुसार कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषयहरु सम्बोधन भएको हो ।
अब मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान गरिएको थियो । दुई पक्षबिच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रुप दिन लागिएको हो । सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरन नेपाल आउनु हुने छ । नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नुहुनेछ ।







प्रतिक्रिया दिनुहोस्