ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन


एबीसी न्यूज


काठमाडौँ, १२ असोज।   ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताउनुभएको छ ।

राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले आयोजनाका लागि आवश्यक रकमको व्यवस्थापन र प्राप्त गर्ने सम्भावनाबारे नै छलफल नभएको अवस्थामा पैसाको चलखेल भएको भनी सांसदबाटै आरोप लगाउनु शोभनीय नभएको धारणा व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव डा सञ्जय शर्माले ठेकेदारको क्षमता, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङकनजस्ता विषयले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने सन्दर्भमा प्रारम्भमा केही ढिलाइ भए पनि पछिल्लो समय आयोजनाको प्रगति र अनुगमनसम्बन्धी व्यवस्थामा सुधार आएको जानकारी दिनुभयो ।

समितिको आजको बैठकमा सिक्टा, रानी जमरा, भेरी बबई डाइभर्सन, पश्चिम सेती, बूढीगण्डकी आयोजनाको प्रगति, समस्या र समाधानका उपायका बारेमा छलफल भएको थियो ।

बैठकमा तत् आयोजनाका प्रमुखले जग्गा अधिग्रहण, मुआब्जा र वनसम्बन्धी अल्झनका कारण आयोजना समयमा पूरा गर्न कठिनाइ भएको हुँदा यस्ता विषयमा नीतिगत निर्णयको आवश्यकता रहेको सुझाव दिनुभएको थियो ।

यसअघि बैठकमा समितिका सदस्यले सिक्टा आयोजनामा भएको अनियमितताको छानबिन गर्न, आयोजनाको गुणस्तरका बारेमा आएको प्रश्नलाई स्पष्ट पार्न तथा आयोजनाको लगत बढ्ने तर समयमा निर्माण पूरा नहुने प्रवृत्ति अन्त्य गर्न मन्त्रालयलाई सुझाव दिनुभएको थियो ।

बैठकमा सांसद कोमल ओली, सुरेन्द्रराज पाण्डे, खीमलाल भट्टराई, खेमराज नेपाली, रामप्रीत पासवान, धनकुमारी खतिवडा लगायतले राष्ट्रिय गौरवका आयोजनाकै निर्माण प्रगति सन्तोषजनक नदेखिएको जनाउँदै कागजमा देखिएको जस्तै स्थलमा प्रगति भएको छ कि छैन भनी प्रश्न गर्नुभयो ।

उहाँहरुले बूढीगण्डकी आयोजनामा ठूलो पैसाको चलखेल भएको आरोप लगाउँदै भेरी–बबई बहुउद्देश्यीय आयोजनामा सुरुङका लागि प्रयोग भएको उपकरण अन्य आयोजनामा पनि लगाउनेतर्फ ध्यान पु¥याउन सरकारलाई सुझाव दिनुभयो ।

समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा गुणस्तरीय रुपमा सम्पन्न गर्नेतर्फ ध्यान पु¥याउन सरकारलाई निर्देशन दिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com