ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जरामा जीवनको कला भर्दै मीनबहादुर


एबीसी न्यूज

कास्की, १२ असोज । पोखरा महानगरपालिका–१७ रातो पैह्राको बाटो छेउमै मीनबहादुर राना मगरका विभिन्न कलाकृतिले सजिएको एउटा प्रदर्शनी कक्ष (शोरुम) छ ।

शोरुममा प्रायः देखिन्छ, मीन रानाको रुखका जरामा कला भर्ने कामको व्यस्तता । एकोहोरो सिर्जनशीलतामा रमाउने राना भारतीय सेनाका सेवानिवृत्त हुनुहुन्छ । चापाकोटका बुबा हर्कबहादुर राना र आमा डम्बरकुमारी रानाका सन्तान मीनको बसोबास अहिले भने घारीपाटन हो । विसं. २०१८ मा जन्मिनु भएका उहाँ सिर्जनात्मक कलामा निकै रमाउनुहुन्छ ।

उहाँ १३ वर्षको उमेरमै दाजुसँग भारत पुग्नुभयो । खै किन पढ्न अनुकूल मिलेन । सत्र वर्षका उमेरमा उहाँ भारतीय सेनामा भर्ना हुनुभयो ।

“पाँच कक्षा पढेँ कि पढिन थाहा पाइन, तर भर्ती हुँदा पाँच कक्षा उत्तीर्णको प्रमाणपत्र पेश गरेको हुँ,” पढाइबारे हाँस्दै उहाँले यथार्थ खोल्नुभयो ।

सेवाको १७ वर्षमै भारतीय सेनाबाट निवृत्त भएपछि उहाँ नेपाल आउनुभयो । त्यसपछिको दैनिकी भने के गरौँ र कसो गरौँ हुन थाल्यो । समयको सदुपयोग पनि गर्नु थियो । अर्कातर्फ श्रीमती र चार सन्तानको शिक्षा, दीक्षा पालनपोषणका लागि आर्थिक अवस्थालाई मजबुत बनाउनु पनि थियो । महँगीको जमाना उपदानको मात्रै भरले थेग्न गाह्रो थियो ।

त्यसैले कुनै पेशा व्यवसाय समात्नु उहाँको बाध्यता थियो । के व्यवसाय गर्ने निधो भने गर्न सक्नुभएको थिएन । मनमस्तिष्कमा कला मडारिरहेको थियो तर उहाँले आफ्नो क्षमताको पहिचान भने गर्न सक्नुभएको थिएन । यसै बेचैन हुनुहुन्थ्यो उहाँ ।

पन्ध्र वर्षअघि रातोपैह्रोको सामुदायिक वनमा गोडानी गरियो । वनमाराले वनलाई घेरेको थियो । वनमारा निकालेर एकै ठाउँमा थुपारियो । मीनका आँखा वनमाराका जरामा परे । उहाँका आँखाले विभिन्न आकृति देख्न थाल्यो । चरा, मान्छे, कहिँकतै खुट्टा नभएको मान्छेको आकृति जस्तो, कतै हात नभए जस्तो, एउटा अमूर्त आकृति जरामा देखिन थाल्यो ।

उहाँले सँगालेर घर ल्याउनुभयो, घोरिएर हेर्नुभयो, जति हे¥यो उति गजब लाग्न थाल्यो । भित्रभित्र भएको सिर्जनशील कलाले उहाँका आँखा तिखारिरहेको थियो, आँखा झिम्कन मान्दैनथे । अनि प्राकृतिक रुपमै ती कलाकृति सजाउन थाल्नुभयो । कहिँकतै रुखका जरा देख्यो कि घरमा ल्याउने र हेर्ने, कुनै न कुनै आकृति भेटिन्थ्यो, त्यसै रमाउँथ्यो उहाँको मन ।

यसरी जरा सङ्कलन गर्दै जाँदा व्यावसायिक रुपमै यस पेशालाई अघि बढाउने उहाँको सोच बन्यो । उहाँले ‘मोर्डन आर्ट ग्यालरी’ बाट कला व्यवसायलाई अगाडि बढाउनुभयो ।

कति विदेशी कलाप्रेमीले कुनै रङगविनाको कलाआकृति मन पराउँथे भने त कतिले क्रृत्रिम सुन्दरता खोज्ने गर्थे । काम गर्दै जाँदा कलाप्रेमी ग्राहकको मनोविज्ञान पनि उहाँले बुझ्दै जानुभयो । अनि उहाँले जुक्ति निकाल्दै त्यही आकृतिमा अलिअलि रङगरोगन थपेर क्रृत्रिम रुपमा केही सजिसजाउ गरेर आकर्षक बनाउन थाल्नुभयो । जस्तो खोज्न आउँछन्, त्यस्तै कलाकृति तयार गरेर बेच्नु उहाँको दैनिकी बन्यो ।

विगत १५ वर्षदेखि उहाँको दैनिकी यसरी नै बितिरहेको छ । झण्डै १०० कला आकृति उहाँको ‘मोर्डन आर्ट ग्यालरी’ मा देख्न सकिन्छ । रु ५० देखि चार लाखसम्म उहाँका कलाको मूल्य छ । उहाँले चरा, विभिन्न धर्म संस्कार, मृत्यु संस्कारका चित्राकृति, विभिन्न जातजातिको संस्कृति, जनावरका आकृति, देवीदेवताका मूर्तिलगायत मागअनुसारका सम्पूर्ण मूर्ति बनाउँदै आउनुभएको छ । सिक्न चाहनेका लागि गुरु बन्न पनि उहाँ तयार हुनुहुन्छ, तर सिक्न खोज्ने नेपाली मन भने भेट्नुभएको छैन । बरु विदेशी पर्यटक आएर उहाँलाई गुरु बनाइसकेका छन् । हालसम्म उहाँ १५ जना विदेशीका कला सिकाउने गुरु बनिसक्नुभएको छ । केही समयअघि महिलाहरुलार्ई चरा बनाउने तालीम दिनुभएको थियो ।

“नेपाली बढी कृत्रिमतामा ढालेको खोज्छन् तर विदेशीले प्राकृतिक आकृति मन पराउँछन्,” उहाँले भन्नुभयो, “नेपालीलाई आफ्नो कला संस्कृतिप्रति त्यति रुचि बढ्न सकेको छैन ।”

आजकाल उहाँको व्यस्तता दिनदिनै बढिरहेको छ । उहाँले तार, फोम, कागज, खरानी, फेबिकोल, झारपात, काठको धुलो, रङ्ग, कुखुराको प्वाँखलगायत सामग्रीको प्रयोगले विभिन्न सुन्दर मूर्ति एवं कलाकृति बनाउँदै आउनुभएको छ ।

आगामी दिनमा नेपालका आदिवासी जनजातिको संस्कृतिलाई कलामार्फत विभिन्न जातजातिको संस्कृतिको प्रचारप्रसार गर्ने उहाँको सोच छ । विदेशीले पनि नेपाली संस्कृतिका कला रुचाएपछि उहाँको सोच पनि यतातिर बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com