ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी


bhawani desk
आश्विन ११, २०७५ बिहीबार  १२ : १० बजे

 काठमाडौं,११ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।

लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् ।

थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल (बङ्गलादेश), सिल्ला सुलेमाने (गिनी), फोफाना ब्राहिमान (आइभरीकोस्ट) र ओडेह ओलुवासोगो ग्लोरी (नाइजेरिया)लाई क्लबमा भित्र्याएको छ ।

त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स (नाइजेरिया) र पिटर सेगुन (नाइजेरिया), मनाङ मस्र्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी (नाइजेरिया), अदेलाजा सोमिडे ओलुवाउम्नी (नाइजेरिया) र ओलादिपो अफिज ओलावाले (नाइजेरिया) तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा (क्यामरुन), अर्नेस्ट टाम्पी (क्यामरुन) र म्याक्सेल इलोन (क्यामरुन)लाई टिममा अनुबन्ध गरेको छ ।

ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी (नाइजेरिया), ताजुदिन अदेकुन्ले बुसारी (नाइजेरिया) र अबु करिम हामद सिया (घाना), हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो (बुर्किना फासो), दादी जुनियर वाम्बा (क्यामरुन) र प्याट्रिक प्रिभाट गोहा (आइभरीकोस्ट), जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल (नाइजेरिया), अदामा डुम्बिया (माली) र फोफाना फेडे (गिनी), न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने (क्यामरुन), मसुद ओपेएमी अग्बोला (नाइजेरिया) र कुआसी जिन डिडियर इस्मेल योबोए (आइभरीकोस्ट) र सरस्वती युवा क्लबले सोलो (नाइजेरिया), कासी (नाइजेरिया) र कुलिबाल (आइभरीकोस्ट)लाई क्लबमा भित्र्याएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको अवस्थामा भने उक्त नियम लागू हुने छैन । राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ ।

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com