ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग


bhawani desk
आश्विन १०, २०७५ बुधबार  ५ : ०५ बजे

काठमाडौ,१० असोज । छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप श्ययाको व्यवस्था र अत्याधुनिक सेवासहितका नयाँ भवन र अस्पतालको क्षमता विस्तार हुनेछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपालका लागि चिनियाँ राजदूत यू होङले आज यहाँ आयोजित कार्यक्रममा अस्पतालको विस्तार तथा स्तरोन्नतिको औपचारिक शिलान्यास गर्नुभयो ।

सो अवसरमा मन्त्री पण्डितले निजामती अस्पतालको विस्तारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो । अस्पतालको विस्तार तथा स्तरोन्नतिले भविष्यमा थप गुणस्तरीय सेवा सहजरूपमा पाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

चीन सरकारबाट निर्मित धेरै परियोजनामध्ये निजामती अस्पताल नेपाललाई उपहारका रूपमा रहेको र यसलाई भविष्यमा ‘पोस्ट ग्रयाजुएट डिग्री’ अध्ययन अध्यापनका लागि चिकित्सा महाविद्यालयमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होङले सिभिल अस्पताल यसको उत्कृष्ट डिजाइनका कारण २०७२ को भूकम्पपछि महत्वपूर्ण उद्धारस्थल बनेको स्मरण गर्नुभयो । त्यतिबेला अस्पतालमा घाइते र बिरामीको भीड र स्वास्थ्यकर्मी व्यस्त भएर काम गरेको दृश्य आफ्नो स्मृतिमा अझै ताजा रहेको उहाँको भनाइ थियो । “म त्यतिबेला यहाँको दृश्य देखेर विचलित भएकी थिएँ, हामी एउटा महान काममा खटिएका थियौँ । चीन सरकारले यो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गर्नुको खास कारण पनि त्यही हो”, राजदूत होङले भन्नुभयो ।

सिभिल अस्पताल स्थापनाको १० वर्ष नेपाल र चीनबीचको मित्रताको लिखत भएको र नेपालको लोकतान्त्रिक प्रक्रियामा साक्षी बनेको उहाँको भनाइ थियो । नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशबीच उच्चस्तरीय नेतृत्व तहमा नियमित भ्रमण आदान प्रदान भइरहेको पनि उहाँले बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले बताएअनुसार यो परियोजना झण्डै रु एक अर्ब ३० करोडको हुने र १५ महिनामा निर्माण कार्य सम्पन्न हुनेछ । नयाँ स्वरुपमा अस्पतालमा २७० श्यया रहने र शल्यक्रिया कक्ष, न्यूरो सर्जरी सेवा, मुटु रोगसम्बन्धी उपचार सेवा र अन्य सुविधा सम्पन्न भवन र उपकरणको व्यवस्था हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com