ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपालनबाट मासिक डेढ लाख आम्दानी


bhawani desk

वालिङ, १० असोज ।  यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आउनुभएको हो ।

झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आउनुभएको छ । भौतिक संरचना निर्माण तथा गाई भैँसी खरीदका लागि हालसम्म रू एक करोड ३० लाख लगानी रहेको फार्म सञ्चालक डुम्रेले बताउनुभयो । युवा व्यवसायी डुम्रेको फार्ममा हाल साना तथा ठूला गरी ८० वटा पशु रहेका छन् ।

“फार्ममा २२ वटा मुर्रा, आठ स्थानीय जातका भैँसी, ११ जर्सी र हल्याण्ड जातका गाई दुहुना छन्” युवा व्यवसायी डुम्रेले भन्नुभयो, “अहिले फार्ममा दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ ।”

यहाँ उत्पादन भएको दूध बिक्रीका लागि बजारसम्म लैजान खरीद गरिएको सवारी साधनमार्फत दैनिकरूपमा वालिङ तथा गल्याङ बजारमा लैजाने गरिएको छ ।
“मैले साउदीमा रहँदा पनि यस्तै पशुपालन गर्ने फार्ममा काम गरेको हुँ त्यहाँ रहँदा सिकेका सीप यहाँ आएर आफ्नै ठाउँमा गरेको छु” युवा व्यवसायी डुम्रेले भन्नुभयो, “दूधका अलावा कसैले पनिर, घ्यू, दही, नौनीको माग गर्नुभएमा पनि फार्मबाटै उपलब्ध गराउने गरेको छु ।”

फार्मबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ भने खर्च औसतमा तीन लाख ३५ हजार हुँदा मासिकरूपमा डेढ लाख बढी बचत हुने गरेको फार्म सञ्चालक डुम्रे बताउनुहुन्छ ।

डेढ सय रोपनीमध्ये २० रोपनी आफ्नै जग्गा र अरू जग्गा भाडामा लिएर पशुपालन गर्दै आउनुभएका डुम्रेले हाल १० जनालाई रोजगारीसमेत दिनुभएको छ ।

“साउदीमा सिकेको सीप पूरै यहाँ कार्यान्वयन गर्न सकिरहेको छैन” युवा व्यवसायी डुम्रेले भन्नुभयो, “गोबर र पिसाबबाट ग्यास निकालेर बिक्री गर्ने योजना छ तर लगानी अझै थप्नुपर्छ के गर्नु कृषि भाषणको विषय भयो बैंकले सस्तो ब्याजदरमा ऋण दिँदैनन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

दमोली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

सम्बन्धित

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

कित्ताकाट खुलाउन पहल

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

विकासको पर्खाइमा ‘सूर्य ओढार’

मोफसलका ‘आँखा बा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...