ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश रुपैयाँ दिएर श्रेयाको बलात्कार


bhawani desk
आश्विन १०, २०७५ बुधबार  १२ : ४६ बजे

काठमाडौ,१० असोज । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया विकलाई बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ समेत गरेको छ । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्ट अनुसार श्रेयाको बलात्कारपछि हत्या भएको पुष्टि भएको हो ।

बलात्कारपछि उनको हत्या गरेको अभियोगमो सोही ठाउँका २७ वर्षीय कुशम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार कुशुमले बलात्कार र हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । कास्की प्रहरीले घटनाबारे जानकारी दिन बुधबार दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रहरीलाई प्राप्त घटना विवरणमा घरबाट बिस्कुट किन्न निस्केकी श्रेयालाई छिमेकी पौडेलले बाटोमा भेटेर रक्सी र गाँजाको तालमा रहेका उनले श्रेयालाई १० रुपैयाँ दिएर समोतेका थिए ।

श्रेया चिच्याउन थालेपछि उनले घाँटी दाबेर झाडीमा फाले । अचेत बनेकी श्रेयाको बलात्कारपछि उनले ढुंगाले थिचेर हत्या गरेका थिए ।

हत्यारालाई कारबाहीको माग गर्दै पोखरामा प्रदर्शन हुँदैछ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय अगाडि आएर हत्यारालाई कडा कारवाही गर्नु पर्ने माग गर्दै नाराबाजी गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com