ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको – प्रजिअ खड्का


एबीसी न्यूज

काठमाडौं, ९ असोज । निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।
घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो।

प्रदर्शनमा क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रजिअ कुमारबहादुर खड्काले समितिलाई बयानमा बताएको प्रतिवेदनमा उल्लेख छ। एसपी डिल्लीराज विष्टलाई यसबारे पटकपटक सम्पर्क गर्दा फोन नउठाएको प्रजिअले समितिसामु बताएका छन्। समितिसँगको बयानमा प्रजिअले गोली चलाउन आफूले आदेश नदिएको अवस्थामा एसपी सम्पर्कमा आउन नचाहेकोु बताएका छन्। समितिले अहिले पनि एसपीका सवारी चालक, प्रहरी जवानहरुमाथि अनुसन्धान गरिरहेको बताएको छ।

यस्तै, उक्त घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ। समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो।

कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com