ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्द्रदह मेला लोकप्रिय बन्दै


एबीसी न्यूज

काठमाडौँ, ९ असोज । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै गएको छ ।

चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलको रूपमा विकसित हुँदै गएकाले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि यहाँ मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट आउने धार्मिक पर्यटकको आज भीड लागेको छ । मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर सोमबार साँझ दह तथा त्यस परिसरमा दीप प्रज्वलन गरिएको थियो ।
यसै अवसरमा ‘तेस्रो इन्द्रदह पर्यटन महोत्सव’ समेत शुरु गरिएको छ । महोत्सवमा सहभागी पर्यटकलाई यस क्षेत्रका धार्मिक तथा अन्य पर्यटकीय वस्तुस्थितिबारे जानकारी गराइएको छ ।

चन्द्रागिरि नगरपालिका–१ (दहचोक) का वडाध्यक्ष राजेन्द्र केसीका अनुसार मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करीब १०० स्वयम्सेवक खटिएका छन् । उहाँले मेला व्यवस्थापनका लागि यस वडाकार्यालयले रु एक लाख उपलब्ध गराएको बताउनुभयो । बिहानैबाट स्नान तथा दर्शनका लागि व्यवस्था गरिएको उक्त स्थानमा साँझसम्म करीब २० हजारले मेला भर्ने अनुमान गरिएको छ ।

नागार्जुन र चन्द्रागिरि डाँडाको मध्यभागमा दहचोकको अग्लो थुम्को सजिएको जस्तो देखिन्छ । पौराणिक कालमा देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरी स्वर्ग गएको बताइन्छ । यस स्थानमा आजका दिन आएर स्नान गरेमा सुख शान्ति तथा मोक्ष मिल्ने जनविश्वास छ ।

समुद्री सतहबाट करीब छ हजार फिटको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग स्वपान’ अर्थात् स्र्वग जाने भ¥याङका रुपमा वर्णन गरिएको छ । कलङ्कीबाट करीब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह जाने सडकखण्डमा कालोपत्रे हुन नसकेकाले यात्रुले केही समस्या झेल्नुपर्ने परेको छ ।

साँस्कृतिक महत्व बोकेको इन्द्रदहलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने चन्द्रागिरि नगरपालिका उपप्रमुख लीसा नकर्मीले बताउनुभयो । इन्द्र इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत देख्न सकिन्छ । भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण शुरु भइरहेको छ । इन्द्रदहको परिसर करीब २०० रोपनीे छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नु अगाडि शक्ति पीठका रुपमा स्थापना गरेको मनकामना मन्दिर, काजी कालु पाँडेको समाधिस्थल यही डाँडामा पर्दछ । प्राचीन गढी, नीलगिरि, धौलागिरि, माछापुच्छ्रे«, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्करलगायत हिमाल यहाँबाट देख्न सकिन्छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९का सांसद कृष्णगोपाल श्रेष्ठले उक्त क्षेत्रलाई महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको बताउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नसके पर्यटनका माध्यमबाट आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धार्मिक, आध्यात्मिक र प्राकृतिक सम्पदाले भरिपूर्ण यस डाँडाबाट देखिने गोरखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ उपत्यकाका मनोरम दृश्यले धेरैको मन जित्ने गरेको छ । सुन्दर डाँडापाखा भएकाले हाइकिङ, बाइकिङ र साइक्लिङका लागिसमेत सम्भावना बढेकोे छ । दहदेखि नजीकै रहेको स्वीट्रल्याण्ड पार्कको छुट्टै विशेषता छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानका मानिस यहाँ घुम्न तथा वनभोजका लागि आउने गर्दछन् । पर्यटन क्षेत्रको विकासका लागि धेरै सम्भावना भए पनि यहाँ पर्यटकीय सुविधाका अत्याधुनिक होटल÷रेष्टुराँ र रिसोर्ट बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com