ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी किनेर फर्कने क्रममा महिलालाई चक्कु र एसिडले आक्रमणगर्ने सिर्पाली नेपाली सेनाका भगौडा


एबीसी न्यूज
आश्विन ९, २०७५ मंगलबार  ११ : ५८ बजे

चितवन, ९ असोज ।  तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताउनुभयो । परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन् । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताउनुभयो । विदेशमा रहेका उनी निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ । परियारसँगको उनको सम्बन्धका कारण श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएको प्रहरीले जनाएको छ । माइतमा बस्दै आएकी श्रीमतीको चार वर्षको बच्चा रहेको छ । 

घाइते परियारको विदेशमा रहेका श्रीमान् फर्किएलगत्तै निज सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि घटना भएको प्रहरीले जनाएको छ । परियारको ११ वर्षीया छोरी रहेको लामिछानेले बताउनुभयो । उनीहरु छिमेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com