ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ, प्रतिस्पर्धा होईन:अर्थमन्त्री खतिवडा


bhawani desk

 

पोखरा, ५ असोज । नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आवश्यक नरहेको बताएका छन् । पोखरामा शुक्रबार उद्योग बाणिज्य संघको ३२ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो अभिब्यक्ति दिएका हुन ।

उनले लगानी गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने तर प्रतिस्पर्धा गर्न आवश्यक नरहेको उल्लेख गरे ।

मन्त्री खतिवडाले चालू बर्षभित्रै ८ प्रतिशत आर्थिक बृद्धी हासिल गर्ने लक्ष्य रहेको भन्दै निजी क्षेत्रकै लगानी, उद्यमशिलता र उत्पादन गर्ने क्षमतालाई हेरेर नीति तथा कार्यक्रम तय गरेको बताए ।

उनले देशको समृद्धीका लागि कर अति आवश्यक भएपनि पछिल्लो समय करका बारेमा धेरै टिका टिप्पणी भैरहेको बताए । उनले सरकारले २५ बर्षमा खासै कर नीति परिवर्तन नगरेको उल्लेख गर्दै सुधारको नाममा बरु सजिलो बनाउँदै लगेको बताए ।

उनले प्रदेश र स्थानीय तहको लगानी बढाउन कर प्रणालीमा नयाँ काम गर्नुपर्ने भन्दै तल्ला तहमा प्रदत्त अधिकारको सीमाभित्र रहेर लगानी अनुकुल वातावरण बनाउन सरकार लागिरहेको जानकारी दिए ।

मन्त्री खतिवडाले ६ महिनाभित्रै लगानी सम्बन्धी सबै कानुन तयार गरेर लगानी सम्मेलन गर्ने तयारीमा सरकार लागि परेको बताए ।

उनले निष्कृय भैसकेका पूराना कानुनलाई खारेज गर्ने र केही संशोधनको लागी छलफल चलिरहेको समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com