ललितपुर, ५ असोज । एकाविहानै कृषि राज्यमन्त्री रामुकमारी चौधरीले ललितपुर महानगरपालिकामा सञ्चालित बधशालाको अनुगमन गरेकी छन् ।
मन्त्री चौधरीले अनुगमनका क्रममा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि चारवटा बधशालाबाट मासु बिक्रीवितरणमा प्रतिबन्ध लगाएकी छन् । सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको उनले जानकारी दिइन् ।
कृषि राज्यमन्त्री चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले शुक्रबार बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन पाँचवटा बधशालाको अनुगमन गरेको थियो ।
मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाबाट मासु बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको पशु सेवा विभागका महानिर्देशक डा। विमलकुमार निर्मलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्