ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा


bhawani desk
आश्विन ४, २०७५ बिहीबार   ४ : ११   बजे

काभ्रेपलाञ्चोक, ४ असोज । छिमेकीको लहैलहैमा दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेच्ने काभे्रपलाञ्चोक जिल्लाका पुरुष समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् ।

उन्नाइस वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नगरपालिका–२ का नवराज मिजारले भन्नुभयो, “हामी चिरेको पेट छोपेर नुहाउने ग¥यौँ, तर अब हामी मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौँ ।”

उहाँ जिल्लामा हुने मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गौला बेच्दा पेटको बायाँतर्फ शल्यक्रिया गरेको आठ इञ्चको खत देखाउने गर्नुहुन्छ ।

नवराज भन्नुहुन्छ, “मैले मिर्गौला बेचेपछि दुखाइ काम गर्न रक्सी खाने गरे, मिर्गौलाको पैसा पनि सकेर जमीन पनि सकेँ, मैले रक्सी छाडेको तीन वर्ष भयो ।” उहाँले आफूलाई दलालले भारतस्थित दिल्लीमा जागीर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गाैला बेच्न बाध्य पारेको दुःखेसो पोख्नुहुन्छ ।

तेह्र वर्षअघि मिर्गौला बेच्नुभएका ज्याम्दीकै रामकुमार परियारले पनि मिजारजस्तै अन्य मिर्गौला बेच्नेको अभियानमा सहयोग गर्दै आउनुभएको छ । उहाँ आफूलाई काभे्र जिल्लाकै पातलेखेतका विनोद परियारले जागीर लगाइदिने भन्दै चारतस्थित चण्डीगढ पु¥याएर मिर्गौला बेच्न बाध्य पारेको बताउँदै यसबाट आफ्नो जीवन नै खतरायुक्त भएको दुखेसो गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “भनेको जति त पैसा दिएनन्, त्यो पैसाले केही गर्न पनि सकिनँ, तर अन्यलाई मिर्गौला बेच्दाको असरबारे भन्ने गर्दैआएको छु ।” उहाँले भट्टराई थर भएको नक्कली नागरिकता बनाएर आफ्नो मिर्गाैला निकालेको बताउनुभयो । कानूनमा मिर्गौला दान गर्न आफन्त हुनुपर्ने उल्लेख छ ।

मिर्गौला बेच्ने ज्याम्दीकै गणेश परियार र अमिक परियारले गाउँमा दलाललाई प्रवेश निषेध गरिएको बताउनुभयो । उहाँहरुले अब ज्याम्दीबाट कसैलाई पनि मिर्गौला बेच्ने जस्तो घृणित काममा लाग्न नदिने प्रण गर्नुभएको छ । गणेशले भन्नुभयो, “हामी खुलेरै लाग्छौँ, अब कसैको जीवन बर्बाद हुन दिन्नौँ ।”

‘बैंक अफ किड्नी’का रुपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभे्रपलाञ्चोक जिल्लाबाट केही वर्षदेखि मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि गत जेठ १० गते तस्करले बनेपा नगरपालिका–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर एउटा मिर्गौला भक्तपुर–१ सल्लाघारीका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराए । यसबाट काभे्रपलाञ्चोक जिल्लामा मिर्गौला तस्कर फेरि पनि सल्बलाएको बताइन्छ ।

यसअघि २०७१ साल फागुनमा नमोबुद्ध नपा–२ की २ सन्तानकी गृहेणीले श्रीमान् विदेश जाँदाको ऋण तिर्न नसकेर तस्करमार्फत रु तीन लाखमा एउटा मिर्गौला बेचेकी थिइन् । पाँच वर्षदेखि काभे्र जिल्लाको होक्से र ज्याम्दी गाविसमा चेतनामूलक कार्यक्रम गर्दैआएको जनअधिकार संरक्षण मञ्च (पिपीआर)का निर्देशक सतिष शर्माले पीडितले खुलेर चेतना बाँड्दै हिँड्नु संस्थाको प्रयास सफल भएको दाबी गर्नुहुन्छ ।

उहाँ भन्नहुन्छ, “हामीले मिर्गौला बेचेपछि हुने गम्भीर शारीरिक समस्यासम्बन्धी जानकारी दिएका कारण पीडित आफैँ चेतनामूलक अभियानमा लाग्नुभएको छ ।”

पछिल्ला केही वर्षदेखि मिर्गाैला झिकेपछि शल्यक्रिया गरेको घाउमा सर्जरी गरेर पठाउने गर्दा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हटेको भन्दै यहाँका मानिसले मिर्गौला बेच्न थप हौसिएको तथ्य खुलेको थियो । पिपीआरको प्रतिवेदनमा पाँचखाल नपाअन्तर्गत होक्सेबाट ११२ जना, पाँचखालबाट १०२ जना तथा मण्डन देउपुर नपाको ज्याम्दीबाट ५६ ले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख गरेको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २२ वर्षअघिदेखि मिर्गौला तस्करी हुनेगरेको थियो । होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले २०६८ सालमा गाउँ नै छाडेर हिँडेका थिए । काभे्र प्रहरीले २०७० वैशाखमा १० जना मिर्गौला तस्करलाई पक्रेर सात जनालाई कारवाही गरेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group