ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक हजार ७ सय लिटर घरेलु मदिरा नष्ट


abc

लहान, ४ असोज।   सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हजार ६९९ लिटर तयारी घरेलु मदिरा तथा एक हजार ७०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट पारेको हो ।

जिल्लामा शुरु गरिएको घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत भदौ महिनाभरिमा उक्त परिणाममा मदिरा नष्ट पार्नुका साथै मदिरा उत्पादनका लागि प्रयोग गरिएका १३ थान भाँडाकुँडासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज रिमालले जानकारी दिनुभयो ।

यस्तै सिरहा प्रहरीले विगत एक महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट डाइलेक्स डिसी आठ बोतल, नाइट्रोजन ट्याब्लेट १९ चक्की, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट र गाँजा एक चिलिम बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

७३ प्रतिशत नेपालीले बोक्छन् स्मार्ट फोन, इन्टरनेट सुविधा ३८ प्रतिशतमा मात्रै

दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडमा

अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया

वैदेशिक रोजगारीमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिने

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com