ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून


एबीसी न्यूज


बाँके, ३ असोज । नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् ।

बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन ।

“अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो छैन, यस सम्बन्धी पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ, त्यसैले नेपालगन्ज–दिल्ली उडान अहिले सम्भव छैन”, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भन्नुभयो ।

बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगञ्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले कम्तीमा अझै पनि एक वर्ष यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिनुभयो । केही समयअघि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले छ महिनाभित्र नेपालगञ्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा गर्नुभएको थियो ।

निर्देशक ठाकुरले भन्नुभयो, “कुनै पनि जहाज उड्नुभन्दा पहिले सम्बन्धित एयरपोर्टमा स्लट (जहाज ओर्लिने समय) माग गर्नुपर्छ, दिल्ली एयरपोर्टले रातीको समयमा त्यो समय उपलब्ध हुने बताएको छ, तर नेपालगञ्जबाट राति जहाज उड्ने सम्भावना अहिले छैन ।”

अन्तर्राष्ट्रिय मान्यताअनुसार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा डोमेस्टिक एयरका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने र त्यो तयार गर्न एक वर्ष लाग्ने पनि उहाँले बताउनुभयो ।

“प्रिफ्याब बनाउनै एक वर्ष लाग्छ, कसरी सम्भव हुन्छ ?”, रासससँग कुरा गर्दै निर्देशक ठाकुरले भन्नुभयो, “उडान अनुमति दिनुभन्दा पहिले भारतीय एयरपोर्ट सुरक्षा युनिटले यहाँको विमानस्थलको सुरक्षाका बारेमा अध्ययन गर्छ, त्यो पनि भइसकेको छैन, सबै संरचना तयार भएपछि मात्रै उडान सम्भव हुन्छ ।”

विमानस्थलमा अहिले दुई वटा टर्मिनल बनाउने तयारी भइरहेको छ, उहाँले भन्नुभयो, “डिजाइन र लागत तयार भइरहेको छ, अबको दुई महिनामा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया शुरु हुन्छ ।” अन्तर्राष्ट्रिय उडानका लागि नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणले तयारी थालिसकेको पनि निर्देशक ठाकुरले जानकारी दिनुभयो । “जति हतार गरे पनि पूर्वाधार नै नभएपछि कसरी सञ्चालन गर्न सकिन्छ र ?”, उहाँको प्रश्न थियो ।

मानसरोवर तीर्थ यात्राका नेपालगञ्ज ट्रान्जिट प्वाइन्टका रुपमा विकास भएपछि भारतीय यात्रुलाई मध्यनजर गर्दै बुद्ध एयरले नेपालगञ्ज–दिल्लीको उडानलाई प्राथमिकतामा राखेर पहल गर्दै आएको छ । तर त्यसको सम्भावना तत्काल देखिएको छैन । नेपालगञ्ज–दिल्ली उडानको सम्भावना तत्काल नदेखिएपछि बुद्ध एयरले आगामी वर्षबाट मात्रै उडान गर्न सक्ने योजना बनाइरहेको छ । सो रुटमा दैनिक उडान गर्ने योजना बुद्ध एयरको छ ।

तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकलाई लक्षित गर्दै बुद्ध एयरले नयाँ दिल्लीको उडान शुरु गर्ने तयारी गरेको हो । भारतबाट प्रत्येक वर्ष डेढदेखि दुई लाख पर्यटक नेपाल आउँछन् । तीमध्ये मानसरोवर जाने पर्यटकको सङ्ख्या उल्लेख्य हुने गर्छ । पछिल्लो समय भारतीय पर्यटक नेपालगञ्ज आउने र त्यहाँबाट सिमिकोट पुगेर ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com