ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको माडीमा जंगली हात्तीको उपद्रो , स्थानीय त्रसित


abc

 चितवन , २ असोज । दक्षिण चितवनको माडी क्षेत्रमा जंगली हात्तीले उपद्रो मच्चाउन थालेका छन् । पर्सा निकुञ्जबाट जङ्गली हात्तीको लस्कर आएर आतंक मच्चाउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न पुगेका छन् । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले तीन साताअघिबाट माडी क्षेत्रमा पसेको जंगली हात्तीको बथानले स्थानीयवासी त्रसित भएको बताए । हात्तीले गएको शनिबार राति माडी नगरपालिका ७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको उनले बताए ।

हात्ती रातको समयमा बस्तीमा पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गरेको छ । हात्ती आतंकबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल भन्छन्, ‘हात्ती लखेट्न हवाइ फायर, ट्याक्टरको आवाज र राँको बाल्ने, शङ्ख फुक्ने र होहल्ला गर्ने काम भइरहेको छ ।’ स्थानीयलाई सुरक्षाकर्मीले हात्ती लखेट्न सहयोग गरिरहेको उनको भनाइ छ । हालसम्म कुनै पनि मानवीय क्षति नभए पनि सम्भावित घटना हुन नदिन उच्च सावधानी अपनाउन सबैमा अपिल गरिएको ढकालले बताए ।

हात्तीको बथान बगइ हुँदै अन्य क्षेत्रमा पसेको छ । त्यस क्षेत्रमा करिब डेढ दर्जन हात्तीको बथान आएको स्थानीयले बताएका छन् । जसबाट दुई हात्ती छुट्टिएर सुखीभार क्षेत्रमा पुगेको ढकालले बताए । हरेक वर्ष धान पसाउने समयमा जङ्गली हात्ती बस्ती पस्ने गर्छ । धानसँगै घरमा भण्डारण गरिएको खाद्यान्न खाइदिने, घर भत्काउने, मानिसलाई समेत आक्रमण गर्ने गर्छ । अहिले हात्ती आएपछि स्थानीयवासीले रातमा सुत्न पाएका छैनन् । धान पाक्ने समयसम्म हात्तीले दुःख दिने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

७३ प्रतिशत नेपालीले बोक्छन् स्मार्ट फोन, इन्टरनेट सुविधा ३८ प्रतिशतमा मात्रै

दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडमा

अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया

वैदेशिक रोजगारीमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिने

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...