ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उरुग्वेको महत्वपूर्ण जित


admin

काठमाडौं, २१ भदौं । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेले महत्वपूर्ण जित दर्ता गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौटका लागि महत्वपूर्ण खेलमा लुइस स्वारेजको टिम उरुग्वेले पाराग्वेलाई २–१ ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा तीनै गोल दोस्रो हाफमा भयो । यहि खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका फेडेरिको भाल्भेर्डेले ७६ औं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । तर उरुग्वेको जितमा उपहार गोल महत्वपूर्ण रह्यो ।

८० औं मिनेटमा पाराग्वेका गुस्ताभो गोमेजले आत्मघाती गोल गरेपछि उरुग्वेले २–० को अग्रता लियो । ८८ औं मिनेटमा एन्जल रोमेरोले पाराग्वेका लागि एक गोल फर्काए । जितपछि उरुग्वे २७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण अमेरिकी क्षेत्रका १० देश सहभागी प्रतिस्पर्धामा शीर्ष चार स्थानमा रहने टिम विश्वकपका लागि छनौट हुनेछन् । ब्राजिल यसअघि नै छनौट भएको छ । पाँचौं स्थानमा रहने टिमले प्लेअफ खेल्नु पर्ने छ ।
जितपछि उरुग्वे २७ अंक जोड्दै कोलम्बियालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो । तेस्रो स्थानको कोलम्बियाको २६, चौथो र पाँचौं स्थानका पेरु र अर्जेन्टिनाको समान २४ तथा छैटौं स्थानको चिलीको २३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

युएईविरुद्ध कप्तान पौडेलको सतक

विश्वकप लिग-२ : यूएई शृङ्खलाको पहिलो खेलमा आइतबार अमेरिकासँग भिड्दै नेपाल

प्रिमियर लिगमा ब्रेन्टफोर्डले वेस्टह्यामलाई २ गोलले हरायो

नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com