ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुन : निर्माणमा थप रु छ खर्ब आवश्यक


bhawani desk

काठमाडौं, १ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६ अर्ब खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताउनुभयो ।

प्राधिकरणले पुन :निर्माणमा पहिलो वर्ष रु २२ अर्ब, दोस्रो वर्ष रु ४९ अर्ब र तेस्रो वर्ष रु एक खर्ब १४ अर्ब खर्च गरेको थियो । पुनःनिर्माणका लागि चालू आवमा रु एक खर्ब ५१ अर्ब विनियोजन गरिएको छ ।

विसं २०७३ वैशाखमा तयार पारिएको विपद्पश्चात्को पुनः लाभ कार्य ढाँचामा पुनःनिर्माणका लागि रु नौ खर्ब ३८ अर्ब लाग्ने आँकलन गरिएको थियो । नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायले प्रतिबद्धता जनाएको कूल रु चार खर्ब १० अर्बमध्ये रु ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई रु तीन खर्ब ४३ अर्ब बाँकी रहेकामा त्यसमध्ये रु दुई खर्ब ६२ अर्बको सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम जुटाउन पहल गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनःनिर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकामा प्रशंसा गर्दै सो खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । छलफलमा एशिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ, प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेसहित शाखा प्रमुख उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com