ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना


bhawani desk

काठमाडौं,१असोज । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।

प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो ।

मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारवाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ । ट्राफिक प्रहरीको मुख्य काम भनेकै सवारी चालकलाई सडक अनुशासनमा हिँड्न सिकाउने हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री सडक र सवारी सञ्चालन हुने मुलुकको सबै क्षेत्रमा ट्राफिक प्रहरी पु¥याउने लक्ष्यअनुसार ट्राफिक प्रहरी कार्यालय विस्तार गरिएको बताउनुहुन्छ ।

“संविधानअनुसार निर्माण भएको सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना गरेको हो”, उहाँले भन्नुभयो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सबै प्रदेशमा ट्राफिक कार्यालय पु¥याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अब हरेक प्रदेशमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा ट्राफिक कार्यालय सञ्चालन हुनेछन् ।
यसअघि पूर्वक्षेत्रीय ट्राफिक कार्यालय विराटनगर, मध्य क्षेत्रीय ट्राफिक कार्यालय पथलैया, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवल, मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुर र सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय धनगढीमा रहेको थियो । हाल देशभर ट्राफिक दरबन्दी दुई हजार ४०० को हाराहारीमा रहेको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र एक हजार ८५ रहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा उक्त जनशक्ति रहेको छ ।

उपत्यकामा सवारीसाधनको तुलनामा ट्राफिक जनशक्ति अपुग छ । उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

ट्राफिक बत्ती चोकमा नहुनु र सवारीसाधन अत्यधिक हुनाले उपत्यकामा बेलाबेलामा सवारी चाप हुने गरेको छ । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्साल उपत्यकाको ट्राफिक चापलाई न्यूनीकरणका लागि सरकारबाट विशेष योजना ल्याउनु आवश्यक रहेको बताउनुहुन्छ ।

ठाउँठाउँमा आकाशे पुल र ठाउँठाउँमा अन्डरग्राउण्ड मार्ग निर्माण गरे उपत्यकाको ट्राफिक चाप केही हदसम्म कम हुने महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् त्यीमध्ये काठमाडौँ उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com