ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने


bhawani desk

काठमाडौं,३१ भाद्र । उपत्यकामा कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ, भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।

घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ ।

कार्यालयकाअनुसार उपत्यकामा हुने झै–झगडा, कुटपिट,चोरी, डकैती, जस्ताघटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ ।

घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० को १८ लाइन, ‘फोर डिजीट’को(११७७) एक लाइन, मोबाइल ९८५१२८३८३५, ९८५१२८३०२६, ९८६०३१२२१० र ९८६०३१२१३ का चार लाइन, स्मार्ट फोन एक लाइन र टेलिफोन ०१–४२२८४३५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ‘हाम्रो पुलिस’ मोबाइल एप्समासमेत सूचना आउने गरेको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रद्युम्नकुमार कार्की पछिल्लो समय प्रहरीप्रति जनताको विश्वास बढेर गएको बताउनुहुन्छ । “दैनिक दुई हजार कल महानगरीय कार्यालयमा मात्र आउने हो, त्यसका अलावा प्रवक्ता, परिसर प्रमुख, वृत्त प्रमुख र प्रभागका प्रमुखलाईसमेत फोन आउने गरेको छ,”–उहाँ भन्नुहुन्छ ।

कार्यालयमा आउने फोनमध्ये झै–झगडा र दुर्घटनाका बढी छ । उपत्यकाका सबै परिसर, वृत्त, प्रभाग र इलाका प्रहरी कार्यालयमा आउने कल जोड्ने हो भने दैनिक तीन हजारभन्दा बढी हुन जाने र गोप्य राख्नुपर्ने सूचना भने प्रवक्ता र प्रहरी कार्यालयमा आउने गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

कहिलेकाँही प्रहरीलाई दुःख दिने नियतले समेत विभिन्न घटना भएको भनेर ढाट्नेसमेत गरेको पाइएको र ढाट्ने व्यक्तिलाई समातेर कारवाही गरिएको कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि पोशाकका प्रहरी, सादा पोशाकका प्रहरी, ठाउँठाउँमा सिआरबी भ्यान, क्यूआरटी भ्यान, मोटरसाइकल, साइकलसहितका प्रहरी खटाइएको छ । कार्यालयअन्तर्गत हाल ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन् ।

कार्यालय मातहतमा हाल उपत्यकामा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ, भक्तपुर, ललितपुरका महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, मानव व्यवस्थापन महाशाखा, शान्ति सुरक्षा महाशाखा, विशेष सुरक्षा महाशाखा, नेपाल प्रहरी विद्यालय, पर्यटक प्रहरी र त्यसअन्तर्गतका विभिन्न वृत्त, प्रभाग, विट र इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् ।

यस्तै ट्राफिक दुर्घटनासम्बन्धी जानकारी दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा छुट्टै लाइनको व्यवस्था गरिएको छ । उपत्यकाको जुनसुकै ठाउँमा दुर्घटना भए पनि १०३ हटलाइनमा खबर गरेपछि तत्काल ट्राफिक प्रहरी पुगेर घटनाबारे जानकारी लिन्छ ।

दैनिक बढ्दो सवारी जाम र दुर्घटनाबारे जानकारी लिनका लागि महाशाखामा १०३ नंको आठवटा हटलाइनको व्यवस्था गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा हुने सवारी चाप, दुर्घटना, टा्याक्सी ठगीलगायतको समस्या समाधानका लागि १०३ आम यात्रुका लागि सहयोगी भएको बताउनुहुन्छ । यसैगरी उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी लिन ट्राफिक एप्सको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com