ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने


एबीसी न्यूज

चितवन,२८ भाद्र । भरतपुर महानगरपालिकाले नगर भित्र सिटी हल बनाउने भएको छ ।  जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल निमार्ण गरिने भएको हो ।
महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलहरुबीच गेष्ट हाउस चौरमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी बनाउने सहमति भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिईन । भरतपुर महानगरपालिका ,नेकपा, नेपाली कांग्रेस, जिल्ला समन्वय समितिमा भएको छलफलले महानगरको सिटी हल गेष्ट हाउस चौरमै बनाउने सहमति भएको हो ।

यसअघि क्यान्सर अस्पतालमा सिटी हल बनाउने निर्णय महानगरपालिकाले विभिन्न राजनीतिक दलहरुको विरोधका कारण स्थगित गरेको थियो । ‘पाँचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउँछ’ महानगर प्रमुख रेनु दाहालले भनिन् , ‘सिटी हलको लागि ५० करोडको बजेट समेत निकासा भइसकेको छ ।’
महानगरले बनाउन लागेको सिटी हल देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । झन्डै ५ बिघामा सिटी हल बन्ने भएको छ ।

गेष्ट हाउस चौरको जग्गा जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । ‘गेष्ट हाउस चौर जिल्ला समन्वय समितिको मातहतमा छ, हामी सिटी हल बनाउन उपलव्ध गराउँछौँ’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने। उनका अनुसार सिटी हलको लागि जग्गा अपुग हुँदैन । साढे ४ विघा जग्गा भएकोले पनि अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन पुग्ने डल्लाकोटीले   बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com