ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा विगत सम्झँदै


एबीसी न्यूज
भाद्र २७, २०७५ बुधबार  ११ : २५ बजे

चितवन, २७ भाद्र ।  पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् ।

कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर खुवाउने वृद्धाहरू यतिबेला विगत सम्झँदै मलिन अनुहारमा देवघाटका वृद्धाश्रममा बसिरहेका छन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा हाल १९ वृद्धा तथा ११ वृद्धले आश्रय लिइरहेका छन् ।

सिन्धुलीकी ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठलाई हिजोआज चाडपर्व आएपछि निकै नरमाइलो लाग्ने गर्छ । उहाँले भन्नुभयो, “घरबाट लखेटिए पनि चाडपर्व आएपछि झलझली आफन्त सम्झन्छु ।” पन्ध्र वर्षअघि श्रीमानको स्वार्गारोहणसँगै घरबाट निकालिनुभएकी उहाँ आफन्तको सहारामा वृद्धाश्रम आउनुभएको हो । “तीजको बेला माइत मावल जानु छैन के गर्नु ?” उहाँले दुःखेसो पोख्नुभयो ।

स्याङजाबाट ६ वर्षअघि आउनुभएकी ८६ वर्षीया चन्द्रकला मरासिनीलाई दिदीबहिनीले बोलाउने गरेको भए पनि जान मन लाग्दैन । “आफू १७ वर्षकी हुँदा श्रीमान बितेपछि चाडपर्वमा कहिल्यै रमाइलो भएन,” उहाँले भन्नुभयो । सासु ससुरा भइन्जेल घरमै बसेको भए पनि उहाँको निधनपछि जेठाजुका छोरा बुहारीको टोकसो सहन नसकेर उहाँ यहाँ आश्रित हुनुभएको हो । “मन रमाइलो भएपो चाडपर्व रमाइलो हुन्छ” उहाँले भन्नुभयो ।

विगत १५ वर्षदेखि वृद्धाश्रममै बस्दै आउनुभएकी ८६ वर्षीया सुभद्रा पुडासैनीलाई तीजको गीत गाएर नाचगान गरेको देख्दा आँशु आउँँछ । झलझली परिवार सम्झने भन्दै उहाँले भन्नुभयो, “लक्का जवान छोरो बसले किचेर म¥यो, अब मैले कसका लागि रमाइलो गर्ने ।” एक छोरी भए पनि वृद्धाश्रममा ल्याएर राखेपछि भेट्न नआएको उहाँको गुनासो छ । हेटाँैडा घर भएकी उहाँलाई श्रीमान्ले अर्की श्रीमती ल्याएपछि घरबाट निकालिएको हो ।

भरतपर महानगरपालिका–११ घर भई हाल वृद्धाश्रम बस्दै आउनुभएकी ८३ वर्षीया शिवकुमारी शर्मा चाडपर्व नआउँदा नै खुशी लाग्ने बताउनुहुन्छ । चाडपर्वले पीडा सम्झाउने भन्दै उहाँले भन्नुभयो, “हामीलाई के तीज, के दशँै, के तिहार ।” तन्नेरी हुँदा गरेका रमाइला पल भने उहाँसामु अहिले पनि ताजै छन् । आजभोलि नाचगान गर्न नगए पनि गीत बिग्रिएको देख्दा उहाँलाई राम्रो लागेको छैन । श्रीमान बेपत्ता भएपछि छोराछोरी भएर पनि लखेटिएर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

विसं २०५२ मा खोलिएको सो केन्द्रमा वेसहारा वृद्धवृद्धा राखिँदै आएको छ । केन्द्र हेर्दै आउनुभएका ढकराज कोइरालाका अनुसार चाडपर्व आएपछि वृद्धाश्रममा रहेका वुबाआमा निकै नरमाइलो मान्ने गर्नुहुन्छ । दाताको सहयोगमा चाडपर्वमा मिठो खानेकुरा खुवाउने तथा लत्ताकपडा दिइने गरे पनि यसले उहाँहरूलाई नछुने कोइराला बताउनुहुन्छ । वृद्धाश्रममा बस्ने क्रममा वृद्ध भएर भण्डै २०० वृद्धवृद्धाको निधन भइसकेको छ । देवघाटमै अन्य दुई वृद्धाश्रम सञ्चालनमा छन् । रोटरी करुणालय र एनआरएन वृद्धाश्रममा मासिक शुल्क तिरेर वृद्धवृद्धा राख्ने गरिएको छ । ती दुई वृद्धाश्रममा गरी ७० वृद्धवृद्धा छन् । उनीहरूमध्ये कतिपय आफ्नै इच्छाले आएका हुँदा परिवारप्रति ठूलो गुनासो छैन ।
–रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु

पुल्चोकको दाउरा थकालीमा आगलागी

सम्बन्धित

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com