ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा विगत सम्झँदै


एबीसी न्यूज

चितवन, २७ भाद्र ।  पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् ।

कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर खुवाउने वृद्धाहरू यतिबेला विगत सम्झँदै मलिन अनुहारमा देवघाटका वृद्धाश्रममा बसिरहेका छन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा हाल १९ वृद्धा तथा ११ वृद्धले आश्रय लिइरहेका छन् ।

सिन्धुलीकी ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठलाई हिजोआज चाडपर्व आएपछि निकै नरमाइलो लाग्ने गर्छ । उहाँले भन्नुभयो, “घरबाट लखेटिए पनि चाडपर्व आएपछि झलझली आफन्त सम्झन्छु ।” पन्ध्र वर्षअघि श्रीमानको स्वार्गारोहणसँगै घरबाट निकालिनुभएकी उहाँ आफन्तको सहारामा वृद्धाश्रम आउनुभएको हो । “तीजको बेला माइत मावल जानु छैन के गर्नु ?” उहाँले दुःखेसो पोख्नुभयो ।

स्याङजाबाट ६ वर्षअघि आउनुभएकी ८६ वर्षीया चन्द्रकला मरासिनीलाई दिदीबहिनीले बोलाउने गरेको भए पनि जान मन लाग्दैन । “आफू १७ वर्षकी हुँदा श्रीमान बितेपछि चाडपर्वमा कहिल्यै रमाइलो भएन,” उहाँले भन्नुभयो । सासु ससुरा भइन्जेल घरमै बसेको भए पनि उहाँको निधनपछि जेठाजुका छोरा बुहारीको टोकसो सहन नसकेर उहाँ यहाँ आश्रित हुनुभएको हो । “मन रमाइलो भएपो चाडपर्व रमाइलो हुन्छ” उहाँले भन्नुभयो ।

विगत १५ वर्षदेखि वृद्धाश्रममै बस्दै आउनुभएकी ८६ वर्षीया सुभद्रा पुडासैनीलाई तीजको गीत गाएर नाचगान गरेको देख्दा आँशु आउँँछ । झलझली परिवार सम्झने भन्दै उहाँले भन्नुभयो, “लक्का जवान छोरो बसले किचेर म¥यो, अब मैले कसका लागि रमाइलो गर्ने ।” एक छोरी भए पनि वृद्धाश्रममा ल्याएर राखेपछि भेट्न नआएको उहाँको गुनासो छ । हेटाँैडा घर भएकी उहाँलाई श्रीमान्ले अर्की श्रीमती ल्याएपछि घरबाट निकालिएको हो ।

भरतपर महानगरपालिका–११ घर भई हाल वृद्धाश्रम बस्दै आउनुभएकी ८३ वर्षीया शिवकुमारी शर्मा चाडपर्व नआउँदा नै खुशी लाग्ने बताउनुहुन्छ । चाडपर्वले पीडा सम्झाउने भन्दै उहाँले भन्नुभयो, “हामीलाई के तीज, के दशँै, के तिहार ।” तन्नेरी हुँदा गरेका रमाइला पल भने उहाँसामु अहिले पनि ताजै छन् । आजभोलि नाचगान गर्न नगए पनि गीत बिग्रिएको देख्दा उहाँलाई राम्रो लागेको छैन । श्रीमान बेपत्ता भएपछि छोराछोरी भएर पनि लखेटिएर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

विसं २०५२ मा खोलिएको सो केन्द्रमा वेसहारा वृद्धवृद्धा राखिँदै आएको छ । केन्द्र हेर्दै आउनुभएका ढकराज कोइरालाका अनुसार चाडपर्व आएपछि वृद्धाश्रममा रहेका वुबाआमा निकै नरमाइलो मान्ने गर्नुहुन्छ । दाताको सहयोगमा चाडपर्वमा मिठो खानेकुरा खुवाउने तथा लत्ताकपडा दिइने गरे पनि यसले उहाँहरूलाई नछुने कोइराला बताउनुहुन्छ । वृद्धाश्रममा बस्ने क्रममा वृद्ध भएर भण्डै २०० वृद्धवृद्धाको निधन भइसकेको छ । देवघाटमै अन्य दुई वृद्धाश्रम सञ्चालनमा छन् । रोटरी करुणालय र एनआरएन वृद्धाश्रममा मासिक शुल्क तिरेर वृद्धवृद्धा राख्ने गरिएको छ । ती दुई वृद्धाश्रममा गरी ७० वृद्धवृद्धा छन् । उनीहरूमध्ये कतिपय आफ्नै इच्छाले आएका हुँदा परिवारप्रति ठूलो गुनासो छैन ।
–रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com