ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

बाह्र करोडको सामाग्री बरामद


abc

काठमाडौँ, २७ भाद्र ।  नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ ।

प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो । प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ । गत वर्ष सो अवधिमा ७०६ किलो गाँजा बरामद गरेको थियो । यस्तै चरेश ३४० किलो, हिरोइन दुई किलो र अफिम ११ किलो बरामद गरेको छ ।

प्रहरीले विभिन्न प्रकारका अवैध हातहतियार १०३ थान र गोली १६९ थान बरामद गरेको छ । गत वर्षको चार महिनामा हातहतियार ७५ थान र गोली ८६ थान बरामद गरिएको थियो । प्रहरी प्रवक्ता क्षेत्री गत वर्षको तुलनामा यस वर्ष आपराधिक गतिविधि बढेको बताउनुहुन्छ । “प्रहरीको सक्रियता त बढेकै छ, तर सँगसँगै आपराधिक क्रियाकलाप गर्नेको सङ्ख्यासमेत बढेको पाइयो”, उहाँले भन्नुभयो ।

चार महिनाको अवधिमा दुई हजार १८१ प्रहरीको बढुवा, २४ हजार ६१३ प्रहरीको सरुवा, एक हजार ३५३ प्रहरी पुरस्कृत तथा ४९५ प्रहरीलाई सजाय दिइएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयबाट जारी गर्नुभएको गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गर्नुभएको १० बुँदे प्राथमिकतालाई आधार मानेर काम गरेका कारण प्रहरीले ठूलो सफलता प्राप्त गरेको प्रवक्ता क्षेत्री बताउनुहुन्छ । चार महिनाकै अवधिमा आपराधिक क्रियाकलापमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव) तथा सिके राउत समूहका १५८ जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री

    काठमाडौं १ बैशाख ।प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ

२०७७ सालमा जस्तो कोरोनाको पीडा नदोहोरियोस् : प्रधानमन्त्री

काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गरेका छन् । प्रधानमन्त्री ओलीले बुधवार

२०७७ सफलताको वर्ष रह्यो : प्रधानमन्त्री ओली

  काठमाडौं १ बैशाख । कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि गत वषर्ए उपलब्धिकै वर्ष रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सम्बन्धित

नेप्से नयाँ उचाइमा,१७.२० विन्दुले उकालो

८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ ऋण थपियो

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा

भारत सरकारको सहयोगमा तराईमा निर्माण भएका १३ ओटा सडक नेपाललाई हस्तान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com