ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोबाइल कार हस्तान्तरण


एबीसी न्यूज
भाद्र २६, २०७५ मंगलबार  ५ : ४८ बजे


काठमाडौं, २६ भाद्र । जापान सरकारले सिरहास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाइल क्लिनिक कार हस्तान्तरण गरेको छ ।
नेपालका लागि जापानका राजदुत मासामिची साइगोले मंगलबार नेपाल मेडिसिटी हस्पिटलमा गरिएको एक समारोहबीच हस्पिटललाइ मोबाइल क्लिनिक कार हस्तान्तरण गर्नुभएको हो ।

जापान सरकारले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत यसपटक मोबाईल कार नेपाललाई उपहार स्वरुप प्रदान गरेको हो । विशेषगरी यस मोबाइल कारले दुर्गम क्षेत्रका जनतालाई सेवा दिन प्रयोगमा ल्याइने अस्पतालले जनाकारी दिएको छ । स्वास्थ्यकर्मीसहित उक्त मोबाइल कारबाट विभिन्न गाउ“हरुमा नियमित रुपमा गई स्वास्थ्य उपचार गर्ने बताइएको छ । यस क्लिनिकबाट सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका नागरिकले लाभ पाउने अस्पतालले जनाएको छ ।

मोबाईल क्लिनिकले तराई क्षेत्रका जनतालाई उनीहरुकै घरदैलोमा स्वास्थ्यउपचार सेवा प्रदान गर्न सहयोग पुग्ने राजदुत साइगोले विश्वास व्यक्त गर्नुभयो । उपचारका लागि अस्पतालसम्म आउन गाह्रो हुने वा दुर्घटनामा परेका बिरामीलाई मोबाइल क्लिनिकबाट चिकित्सकसहितको टोलीले तत्काल उपचार गर्ने अस्पतालले जनाएको छ । चिकित्सक परामर्श तथा उपचारका कक्षको ब्यवस्था गरिएको घुम्ती ‘क्लिनिक’मा एक्सरे एवं ल्याबसहितको सुविधा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com