काठमाडौं,२५ भाद्र । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले अनुमोदन गर्ने निर्णय गरेको हो ।
सोमबार भएको मिश्रको सुनुवाइपछि समितिले मिश्रलाई २८ औं प्रधानन्यायाधीश बन्ने ढोका खोलेको हो। संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मिश्रलाई भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
प्रतिक्रिया दिनुहोस्