ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्ननगर नगरपालिकाद्वारा मोबाईल एप्लिकेसनको सुरुवात


एबीसी न्यूज

चितवन , २३ भाद्र । रत्ननगर नगरपालिकाले प्रविधिको प्रयोग वढाउने क्रममा मोबाईल एप्लिकेशनको सुरुवात गरेको छ । मोबाईल एप्लिकेशनको प्रदेशसभा सदस्य कृष्ण खनालले शुभारम्भ गरेका हुन् । सो,अवसरमा प्रदेश सभा सांसद खनालले प्रविधिको विकासले आम जनताले नगरपालिकाबाट भए गरेका कार्यसम्पादन लगायतका काम हेर्न सक्ने भएकाले नगरको विकासमा यो प्रविधिले टेवा पुग्ने बताए । एप्लीकेशन मार्फत नगर भित्रका विभिन्न ४० वटा फिचर मार्फत सेवा प्रवाहका बारे सर्वसाधारणले जानकारी लिन सक्नेछन् । त्यहाँबाट नगरका प्रमुख, उपप्रमुख सहित कर्मचारीहरु को कहाँ छन् भन्ने बारे जानकारी लिन सकिन्छ भने कार्यसम्पादन लगायत विषयमा उजुरी गुनासाहरु समेत पठाउन मिल्ने व्यवस्था मिलाईएको छ ।
सो एप्लीकेशन मार्फत पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, कला संस्कृति, सूचना तथा वार्षिक कार्यक्रम, मासिक आम्दानी, फोहोर मैला संकलन तालिका, उजुरी, गुनासा, गृह नक्सापास, सामाजिक सुरक्षा आदि हेर्न सकिनुका साथै नक्सा पासका लागि घरबाटै आवेदन दिन सकिने नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । यसअघि रत्ननगरले प्रविधिको प्रयोगलाई जोड्ने क्रममा विद्युतिय हाजिरी, शिशु नर्सरीका विद्यार्थीका लागि टिभी वितरण, अनलाईन मार्फत नक्सापास, अनलाईन घटना दर्ताको काम गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताए ।
मोबाईल एप्लिकेशन सुभारम्भका क्रममा नगरपालिकाका आईटी अधिकृत रवि तिवारीले एप्लिकेशनका बारेमा जानकारी गराएका थिए । नगरप्रमुख नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नेकपाका नेताहरु रामशरण कुँवर, राजु अम्गाँईं, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधी ज्ञवाली, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु, नगरवासी ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com