काठमाडौं,२१ भाद्र । संविधान जारीपछि लामो संक्रमणकाल र राजनीतिक अस्थिरताको अन्त्यस“गै नेपालले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएर अघि बढिरहेको छ । दूइ तिहाई बहुमतसहितको तुलनात्मक रुपमा स्थिर र स्थायी सरकारले आफ्ना निति कार्यक्रम र घोषणहरु यसै आधारमा तय गरेको छ भने बजेटले समृद्धिका लागि सबै जसो अवयवहरुमा कार्यक्रम सहित बजेट तय गरेको छ । यसैले पनि सरकारी÷गैरसरकारी क्षेत्रमा समृद्धिका अवयवहरुमा विभिन्न पृथक कोणबाट बहस निरन्तर छ । त्यसो त राष्ट्रिय सुरक्षा जति बालियो हुन्छ त्यति नै त्यस देशको विकास र समृद्धिको क्षेत्र बलियो हुन्छ । राष्ट्रिय सुरक्षामा राष्ट्रको सामाजिक आर्थिक सास्कृतिक लगायत सबैजसो क्षेत्रस“ग सरोकार राख्ने हु“दा यसलाई निकै सम्वेदनशिल र महत्वपुण क्षेत्रको रुपमा लिन जरुरी छ । २१ औं शताब्दीमा कुनै पनि मुलुकको बिकास निमार्ण त्यो देशको आन्तरीक मामला मात्र नभएर बहुआयामिक हुन्छ । त्यसैले राष्ट्रिय सुरक्षाको कुरा गर्दा बर्तमान भु भौगोलिक र बिश्व राजनीतिलाई पनि हेर्नु पर्छ ।
राष्ट्रिय सुरक्षा समृद्धिको पूर्वाधार हो । यो एक बृहत अवधारणा हो जसले आन्तरीक देखि सीमा सुरक्षा, खाद्यान्न, इन्धन, उर्जा लगायतका आन्तरिक र बाह्य क्षेत्रको अवस्थालाई समेट्छ । त्यसैगरि मानवअधिकारको प्रत्याभूति, नागरिकहरु बीच पारस्परिक संदभावको प्रवद्र्धन, डर त्रास र भय मुक्त जीवनको सुनिश्तितता नै राष्ट्रिय सुरक्षा हो । पूर्व महान्यायाधिवक्ता तथा राष्ट्रिय शुरक्षा विज्ञ प्राध्यापक डा. युवराज संग्रौलाले राष्ट्रिय सुरक्षा मानव केन्द्रित अवधारण समेत भएको स्पस्ट पार्दै राष्ट्रिय सुरक्षालाई बुझ्ने हाम्रो दृष्टिकोण नै गलत भएको बताए । नेपाललाई बाहिरबाट आक्रमणको सम्भावना नदेखिएपनि राष्ट्रिय सुरक्षाका लागि आन्तरिक रुपमा थुप्रै समस्याहरु रहेको संग्रौलाको बुझाइ छ । उनले राष्ट्रिय सुरक्षा राष्ट्र विकाशको आधार भएको भन्दै यसले मानवअधिकार संरक्षण तथा सम्वन्धको क्षेत्रमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताए ।
राष्ट्रिय सुरक्षा नीतिको आधुनिक परिभाषाले खाद्यान, उर्जा, कृषि लगायतका महत्वपुर्ण विषयहरुलाई पनि आफ्नो क्षेत्र भित्र राखेको हुन्छ । त्यस्तै यसले सीमा अतिक्रमण, गैर सरकारी तथा अन्य संगठनको शंकासपद क्रियाकलापहरुलाई पनि अध्ययन गर्दछ । नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा राष्ट्रिय सुरक्षा नीति बनाउदा सर्वप्रथम मुलुकको राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर त्यसका थ्रेटहरुको अध्ययन गर्नु पर्ने बताउ“छन । थ्रेट परिवर्तन हु“दा नीति पनि परिवर्तन हुने भएको भन्दै रथी शर्माले सुरक्षाका लागि आवश्यक संघीय सुरक्षा ऐन संविधान बनेको ३ वर्ष वितिसक्दा पनि बन्न नसक्नु दुखद भएको बताए ।
शुरक्षा खतराको परिभाषा समयानुसार परिवर्तन हु“दै आएको छ । विश्वयुद्ध तथा शीत युद्धकालीन अवस्थामा भूभाग अतिक्रमण तथा सैन्य शक्तिलाई सुरक्षा खतराको रुपमा परिभाषित गर्ने गरिन्थ्यो । तर, समय स“गै चुनौतिहरु प्नि फेरिएका छन् । त्यसो त नेपालको खुला सीमानाले भारत र तिब्बती चहलपहल हुनसक्ने सम्भावनाका कारण चीन नेपालस“ग सुरक्षाको मामिलामा आश्वास्त हुन सकिरहेका छैनन् । नेपालले आफ्ना छिमेकी देशहरुलाई आफ्नो तर्फबाट सुरक्षा चुनौती रहने छैन भनेर आश्वास्त पार्न सक्नु आजको आवश्यकता रहेको बताउछन् पूर्व मन्त्री एवम् राज्य ब्यवस्था समितिका सद्स्य सांसद राजकिसोर यादव ।
मन्त्री परिसदबाट पारित राष्ट्रिय सुरक्षा निति २०७३ ले बाह्य हस्तक्षेप, खुला अन्तराष्ट्रिय सिमाना, सिमा अतिक्रमण, बाह्य घुसपैठ, चलखेल, इन्धन र उर्जा संकटलाई मुलुकका प्रमुख ५ राष्ट्रिय सुरक्षा चुनौती पहिचान गरेको छ । त्यसैगरि आन्तरिक खतराका रुपमा शासकिय स्वरुप रुपान्तरण, राजनैतिक अस्थीरता एवंम बिखण्डनकारी गतिबिधि, ध्रुबिकरण साम्प्रदायिकता तथा क्षेत्रियता, अपराधको राजनितिकरण एवंम राजनीतिक अपराधिकरण र कमजोर अर्थतन्त्र र परनिर्भरतालाई राष्ट्रिय सुरक्षाको चुनौतीको रुपमा समेटेको छ ।
बर्तमान सन्दर्भमा राष्ट्रिय सुरक्षामा सैन्य सुरक्षाका साथसाथै मुलुकको मानव केन्द्रित अवधारणा अर्थात जनताको आर्थिक, सामाजिक सुरक्षा, दिगोविकास एवम गरिबी, रोग, भोक तथा अशिक्षाको दुश्चक्रबाट उन्मुक्ति एवम गुणस्तरिय जीवनको सुनिश्चितता समेत समाहित गरिन थालेको छ । राष्ट्रिय सुरक्षा जति बालियो हुन्छ त्यति नै त्यस देशको विकास र समृद्धिको क्षेत्र बलियो बन्छ । राष्ट्रिय सुरक्षा राष्ट्रको सामाजिक, आर्थिक, सास्कृतिक लगायत सबैजसो क्षेत्रस“ग सरोकार राख्ने हु“दा यसलाई निकै सम्वेदनशिल र महत्वपुर्ण क्षेत्रको रुपमा लिनु पर्ने आजको आवश्यकता हो । अबको राष्ट्रिय सुरक्षानीतिले मुलुकको भौगोलिक, सांस्कृतिक र जातीय विविधताका साथै अहिलेको संघिय संरचना अनुरुप परिमार्जन गरि लागु गर्नु पर्नेमा जोड दिएका छन । अहिलेको राष्ट्रिय सुरक्षा नीति २०७३ लाई मुलुकको राजनीतिक परिवर्तन र जनताको अपेक्षा अनुरुप चुस्त र दुरुस्त पर्ने सकेको खण्डमा सुरक्षाको पुर्ण अनुभुती सम्भव छ । पूर्व सहायक रथी डा. प्रेम सिंह बस्नेत नीति निर्माताहरु राष्ट्रिय सुरक्षाको विषयमा प्रहरी र सेनामा पूर्णरुपमा निर्भर हुन गलत रहेको बताए । राष्ट्रिय सुरक्षाको विषयलाई शैन्य क्षेत्रस“ग मात्रै जोडेर हेर्नु दोश्रो विश्वयुद्धताको शीत युद्दकालीन सोचको उपज रहेको बस्नेतको भनाइ छ । उनको आन्तरिक चुनौतीमा ध्यान पु¥यानुपर्ने मा जोड रहेको छ ।
विश्वको सन्दर्भमा आतंकवादले मुख्य सुरक्षा चुनौती खडा गरेको छ । इस्लाम मुलुकहरुबीचको साम्प्रदायीक दंगाहरु हुन या अफ्रिकी मुलुकहरुको जातीय द्वन्द, त्यसमा पनि बाहिरी हस्तक्षेपले गर्दा सिरिया, प्यालेस्टाइन जस्ता मुलुकहरुको अवस्था विश्वले देखिसकेको छ । नेपालको सन्दर्भमा राष्ट्रिय सुरक्षाको सवाल देश भित्रैबाट जन्मन्छ । देशमा एकातर्फ स्थायी सरकार छ भने अर्को तर्फ विखण्डनबादी शक्तिहरु पनि कम सलबलाउन थालेका छैनन् । यस्तोमा नेपाल सरकारले समृद्धिको आश्वासन अगाडि ल्याएको छ । समृद्धि हासिल गर्न के–के थ्रेटहरु छन् ती पनि नेपालको राष्ट्रिय सुरक्षा चुनौतीका रुपमा प्रस्तुत गरिनु आवश्यक छ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारी नेपालको सुरक्षा चुनौती बाहिरी भन्दा आन्तरिक बढि रहेको बताउ“छन् । नेपालमा मात्रै नभइ विश्वभर अहिले उग्रवादी सोचहरु बढेर आएकाले यसमा समेत सचेत हुनुपर्नेमा जोड दिए ।
उत्तर आधुनिक समयमा जस्तो मानिस केवल एउटा सहर या देशमा मात्र सीमित छैन । विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकाशको गतीले विश्वग्रामको अवधारणालाई व्यवहारत लागु गराइसकेको छ । यस्तोमा सुरक्षा चुनौती पनि कुनै एउटा देश भित्र सीमित नरहने बताउछन् नेपाल प्रहरीका प्रवक्ता एवम एसएसपी शैलेश थापा क्षेत्री । राष्ट्रिय सुरक्षा चुनौतीमा अहिले विश्व सतर्क छ । नागरिकहरुको हितमा रहेको चुनौतीलाई आफ्नो दायित्वका रुपमा लिनु राज्यको कर्तव्य पनि हो ।
स्थानिय तह देखि प्रतिनिधिसभासम्मको सफल निर्वाचन स“गै नेपाल अहिले संघीयताको अभ्यासमा जुटेको छ । नेपाल संघीय प्रणालीको अभ्यास गर्दैगर्दा राष्ट्रिय सुरक्षा चुनौतीमा पनि सावधान हुन आवश्यक छ । किनभने समृद्धि हा“सिल गर्नका लागि देशका राष्ट्रिय हितका हरेक क्षेत्रका बाधाहरुलाई पन्छाउनु सरकारको दायित्व हो । राष्ट्रिय हित अन्तर्गत सैन्य सुरक्षा, आर्थिक सुरक्षा, स्रोतको सुरक्षा, सीमा सुरक्षा, जानसांख्खिक सुरक्षा, प्रकोप सुरक्षा, खाद्य सुरक्षा, वातावरणीय सुरक्षा, सूचनाको सुरक्षा, स्वास्थ्य सुरक्षा, जातीय सुरक्षा, साइवर सुरक्षा, भूभौगोलिक अवस्थिति सुरक्षा र आनुवांशिक सुरक्षा जस्ता मुख्य पक्षहरु रहेका छन् जसलाई संवेदनशील भएर लिएको खण्डमा समृद्धिकोबाटो छिटै खुल्ने निश्चित छ ।
देश अहिले समृद्धिको बाटोमा लम्किंदै छ । समृद्धिको बाटोमा आउने समस्याहरुलाई पन्छाउदै अघि बढ्नु सरकारको चुनौतीको रुपमा रहेको छ । नेपालका अधिकांश युवाहरु खाडीका श्रमबजारमा होस् या कुनै देशमा अध्ययनका लागि होस्, विदेश जाने होडको भने कमी छैन । नेपालको दक्ष जनशक्ति हाल युरोपेली तथा अमेरिकन मुलुकमा पलायन हुने क्रम बढेको छ भने अदक्ष जनसक्तिहरु खाडि मुलुकहरुको श्रमबजारमा । यसले नेपालको उत्पादनशिल जनशक्तिको अभावलाई चुलाइ दिएको छ । त्यसो त, बैदेशिक रोजगारी नेपालीहरुको इच्छा भन्दा पनि बाध्यताका रुपमा रहेको छ, अर्कोतर्फ अवसरका लागी विकसित मुलकमा पलायन हुनेको भीड पनि कम चाही छैन । पूर्व न्यायाधिवक्ता एवम प्रा. डा. युवराज संग्रौला प्रत्येक वर्ष ४४ हजार मानिस पढनका लागि भनेरै विदेशिदै गर्दा उनीहरुमा सरकारले गरेको लगानीको पनि हिसाव हुनपर्ने बताउछन् । सरकारी लगानीमा अध्ययन गरेकाहरुले बैदेशिक पलायन हुने हो भने सरकारको लगानी फिर्ता हुनु पर्ने उनको भनाइ छ । बैदेशीक रोजगारी र अध्ययनको नाममा उत्पादनशील युवा पलायन हुनु राष्ट्रिय सुरक्षाको प्रमुख चुनौति रहेको डा. संग्रौलाको भनाइ छ ।
बैदेशिक पलायन एउटा पक्ष हो तर समृद्धिका लागि यस्ता चुनौतीहरु धेरै रहेका छन् जसलाई सरकारले सम्वोधन गर्न आवश्यक छ । डा. संग्रौला सरकारी भाषणमा निजी क्षेत्र माथि उठनुपर्ने दाबी गरिइरहे पनि माथिल्लो तहका १० प्रतिशतले कुल गार्हस्त उत्पादनको ५० प्रतिशत जीडिपी उपभोग गरिरहेको तथा २० प्रतिशत शहर बाहिर बस्नेहरु ३ देखी ५ प्रतिशत जीडिपी मा बसेको बताउछन् । ६० प्रतिशत मानिसहरु गरिब रहेकोले गर्दा नेपालमा सीमित मानिसहरुले पुजी लिएकोले त्यो चलयमान हुन नसक्दा रोजगारीको अवसर सिर्जना हुन नसकेको र बैदेशिक रोजगारीले प्रश्रय पाएको बताउ“छन् ।
यस्तै पूर्व रथि बालानन्द शर्माले ब्यक्तिगत, सामाजिक र मुलुकको सुरक्षा गरि ३ तहमा राष्ट्रिय सुरक्षाको आवश्यकता परेको बताउछन् । मुलुकको मुल्यमान्यता लगायतका कुराहरुमा केके थ्रेट रहेका छन् त्यसको अध्ययन गरेर सुरक्ष्ाँ नीति बनाउनु पर्ने शर्माले बताए ।
राष्ट्रिय सुरक्षा समृद्धिकोे लागि महत्वपुर्ण आधार हो । देश तव मात्र समृद्धिको बाटोमा लम्कन्छ जब देशका नागरिहरुको समस्या पहिचान भइ समाधान हुन सक्छ । देशमा लगानी तथा उत्पादन र बैदेशिक सम्वन्ध सुधारका लागि पनि राष्ट्रिय सुरक्ष्ाँ कोषेढुंगा हो । अतः समृद्ध नेपाल सुखी नेपालीका लागि राष्ट्रिय सुरक्षामा चुनौतीमा गाम्भीर्यता देखाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्