ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनस्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन – प्रमुख दाहाल


एबीसी न्यूज

चितवन, २० भाद्र । भरतपुर महानगरपालिकाले जैविक कृषि उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने भएकोे छ । भरतपुरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउदै जैविक कृषि उत्पादनलाई प्रथामिकता दिने भरतपुर महानगर पालिकाले तयारी गरेको हो ।
भरतपुर महानगरपालिका वडा न १४ र नेपाल जनस्वास्थ्य प्रतिष्ठान परियोजनाले आयोजना गरेको समृद्धि आईपीएम कृषक पाठशाला तालिमको समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषिमा जैविक विधी अपनाएर स्वच्छ र गुणस्तरीय उत्पादन गर्न किसानहरूलाई आग्रह समेत गरिन ।
‘रासायनिक मल र मानव स्वास्थ्यलाई हानी पु¥याउने विषादीको प्रयोगमा रोक लगाउन भरतपुर महानगरपालिका विषादी प्रयोग नियन्त्रण ऐन निर्माणको चरणमा रहेको छ’ उनले भनिन्न – ऐन कार्यान्वयनमा आएपछि मानव स्वास्थ्यलाई हानी पु¥याउने विषादीको प्रयोगमा रोक लाग्ने छ ।
स्वस्थ र गुणस्तरीय उत्पादनले मात्र स्वस्थ नागरिक, स्वस्थ समाज निर्माण हुन सक्ने बताउँदै त्यस्तो जनशक्तिले राष्ट्रको आवस्यकता परिपूर्ति गर्ने बताउँदै उनले विषादीको प्रयोग गरेर जनस्वास्थ्यमाथि खेलवाड गर्ने छुट कोही कसैलाई नभएको समेत दाहालले बताईन ।
प्रमुख अतिथी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले जैविक सुरक्षा, माटो परीक्षण र गुणस्तर वृद्धि, जैविक उत्पादन वृद्धिका साथै कृषिमा यान्त्रीकीकरण गर्दै गुणात्मक उत्पादकत्व वृद्धिमा विशेष कार्यक्रमहरू अगाडि बढाएको समेत जानकारी गराईन ।

२२ हप्ता सम्म चलेको (आईपीएम )कृषक पाठशालामा किसानहरुले जैविक उत्पादन पद्धतिको बारेमा ज्ञान सीप हासिल हासिल गरेका थिए । प्रशिक्षक रमा ढुड्गानाले कृषकहरूलाई कसरी जैविक विधी अपनाएर फलफूल तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न सकिन्छ भन्ने विषयमा तालिम दिएको जनकारी दिइन। तालिममा किसानलाई घरेलु विषादीको उत्पादन र प्रयोग, मित्र र सत्रु कीराहरूको पहिचान प्राङ्गारिक मलको उत्पादन र प्रयोग रासायनिक मलको प्रयोगको अन्त्य, माटो परीक्षण र माटो संरक्षणसम्बन्धी सम्पूर्ण जानकारी दिइएको थियो ।
प्रशिक्षार्थी भरत पोडेलले तालिम अवधीभर जैविक विधिसम्बन्धी महत्वपूर्ण ज्ञान र सीप हासिल गरेको बताए । । कार्यक्रममा भरतपुर महानगरपालिका सामाजिक महाशाखा प्रमुख सिर्जना थपलियाले बिषादीको रोकथाम र जैविक पद्धतिको अवलम्बन गर्न समृद्धि आईपीएम पाठयाला सफल हुने बिश्वास व्यक्त गरे। वडाअध्यक्ष ओमप्रकाश पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

प्रचण्डले रोल्पाको थबाङदेखि बागलुङको ढोरपाटनसम्म के के गरे ?

तीन निर्माण कम्पनी परे कालोसूचीमा

माओवादीबीच एकताको पहल गर्न प्रचण्डलाई रुकुमपूर्वको आग्रह

गभर्नर नियुक्त भएपछि विश्व पौडेलले भने– वित्तीय क्षेत्रको स्थिरता सुनिश्चित गर्नु मेरो प्राथमिकता

विश्व पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त

विनिमय दर : कुन विदेशी मुद्राको भाउ कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com