काठमाडौं, १९ भाद्र । संघिय सरकारको सफल निर्वाचन तथा नेपालको संविधान २०७२ को कार्यन्वयनसंगै लामो समयदेखि राजनीतिक अस्थिरताबाट ग्रस्त नेपाल अब भने समृद्धितर्फ लम्कनै पर्ने बाध्यात्मक परिस्थति छ । यो आम नागरिक माग अनि सबैको चासोको विषय पनि हो । संविधानजारी भएपछि राजनीतिक अस्थिरताको अन्यसंगै अब आर्थिक समृद्धिको बहस जारी छ । पा“च वर्ष स्थिर सरकारले विकास र समृद्धिलाई प्रथामिकतामा राखेर अघि बढिरहेको छ ।
देशको आर्थिक समृद्धि मात्र नभइ समग्र क्षेत्रको समान पहु“च र पावारका आधारमा विकासले गति लिन र दिन सरकार लागि परेको छ । सरकारले आफनो पा“च वर्षे कार्यकाललाई सुखि नेपाली समृद्ध नेपालको नारा दिएको छ । समृद्धिका लागि सरकारले राष्ट्रिय स्तरमा मात्र नभइ अन्तराष्ट्रिय मुलुकसंगको सम्बन्धलाई पनि विशेष प्राथामिकता दिएको छ ।
आम जनता विकास र समृद्धिको सपनाका कारण धेरै आश्वासनमै बसिरहेका छन । साना साना खुसीमा समेत रमाउने आम जनता ठुला सपनाहरु देख्न थालिसकेका छन । संबिधानजारीपछि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न सकिएपछि राजनितक दन्द्ध पा“च वर्षको लागि अन्य भएको छ । निर्वाचनबाट ५ वर्ष स्थिर सरकारले शाशन सञ्चालन गरीरहेको छ । बिकास र सृमृद्धिको बाचाका साथ जनताको मत पाएको अहिले कम्युनिष्ट सरकार प्रति धेरै नेपालीको आशा र भरोसा गरिरहेका छन । लामो समयको राजनितिक अस्थिरता र संक्रमणकालको अन्त्यसंगै अब मुलुक विकास र समृद्धितर्फ उन्मुख हुने अपेक्षा राजनीतिक दलहरुको समेत रहेको छ ।
राजनीतिक संक्रमणको अन्त्यसगै आमजनताका आशा र अपेक्षा बढ्दै गएका छन । नेपालमा देखिएको गरिबी, बेरोजगारी, दिन प्रतिदिन बढिरहेको मंहगीबाट मुक्तीको आशा धेरैले गरिरहेका छन । राजनितिक नेत्तृत्वबाट विकास र समृद्धिको आश्वासन पाउन लागेको पनि धेरै भयो तर अझै पनि आश्वासनमै बाच्ने बाध्य छन । अहिले राजनीतिक दल भित्रका केही नेता र हुने खाने वर्गका लागि व्यक्तिगत समृद्धि प्राप्त छ । तर, आभारतभूत वर्ग दैनिक श्रम गरेर दुई छाक खाने आधारभूत वर्ग सधैं नेता र सरकारी मान्छेको आश्वासनको भरमा समृद्धीका लागि आशावादी बन्नुपर्ने नियती छ ।
आम जनता आफनो भन्दा पनि आफनो पुस्ताको लागि समृद्धि खोजी रहेका छन । अहिले पनि, निर्वाचनको बेला भोटका लागि जनतासंग समृद्धि र बिकासको बाचा गर्नेहरु व्यक्तिगत स्वार्थ र लाभका लागि मरिहत्ते गरिरहेका छन् । जसका कारण जनता समेत समृद्धिको आशा तुहिने हो की भन्ने आशंका गरिरहेका छन् । विकास र समृद्धिको बाधकको रुपमा रहेको राजनीतिक अस्थिरताको अन्त्य भैसकेको, दलका नेताहरुकै दाबी अनुसार सिंहदरबार गा“उ गा“उमा पुगिसकेको अवस्थामा अब तिब्र गतिको आर्थिक विकास हुन जरुरी छ । भौतिक विकासको आडमा हुने आर्थिक विकास मात्र होइन, जनस्तरको खुशी र सन्तुष्टिको मापदण्डका आधारमा समृद्धिको खोजी हुन जरुरी छ । हो, यसैकारण, अहिले दुई तिहाई बहुमतको साथ पा“च वर्षे स्थिर सरकाबाट जनताले देशको अभूतपूर्व विकास र समृद्धिको धेरै आशा र अपेक्षा गर्नु स्वाभाविक छ । आम जनताले अझैपनि विकास र समृद्धिको प्रारम्भिक लक्षणहरु समेत अनुभुति गर्ने खालको हुन सकेको छैन ।
राजनीतिक संक्रमणकालको अन्यपछि अबको एकमात्र मुद्धा भनेको विकास र समृद्धि हुनुपर्छ । यसमा दुईमत छैन । तर भन्नलाई बिकास र समृद्धि भन्ने तर व्यवहारमा जनताले अनुभूति गर्न समेत नसक्ने हो भने जन अपेक्षालाई कहिल्यै पुरा हुन सक्दैनन् । अहिलेको सरकारबाट धेरै अपेक्षा र आशा गर्ने प्रशस्त स्थान भने बांकी नै छ । किनभने अहिलेको राजनितिक अवस्वथा हिजोको जस्तो भद्र गोल अवस्था छैन । तर शाशन सत्ता सञ्चालन गर्नेहरुको दृढ इच्छा शक्ति भयो भने अबको एक दशकमा देशमा कालापलट हुने र आर्थिक समृद्धि धेरै टाढाको बिषय हुने छैन । यति भन्दा भन्दै, सरकार गठन भएको भर्खरै ६ महिना मात्र भएको हुंदा, वर्षौदेखि जकडिएर रहेको पुरातन सोचाइले सरकारको अग्रगामी कदमलाई बाधा उत्पन्न गरेको भनेर शंकाको सुविधा मात्र दिन सकिन्छ ।
अपार सम्भावनाको देश नेपाल भन्नेमा कुनै दुई मत छैन । हिमाल, पहाड, तराईका भौगोलिक अवस्थाको कारण समेत बिभिन्नताको मुलुक नेपालमा बनेको छ । हिमालको सौन्दर्य, पहाडको जडिबुटी र खनिज, तराईको अन्न भण्डारलाई मात्र व्यवस्थित गर्न सकेको खण्डमा आर्थिक समृद्धीको सपना साकार हुने देखिन्छ । कृषिप्रधान देश भएपनि कृषिलाई व्यवस्थित गर्न सकिएको छौन । जलस्रोलमा बिश्वको दोस्रो धनी देश भएपनि उपयोग गर्न सकिएको छैन । जडिबुटी प्रसस्त भए पनि देशले चिन्नै सकेको छैन । स्वर्ग जस्तो सुन्दर देश भएपनि बिश्वभरीका पर्यटनलाई देखाउनै सकिएको छैन ।
इच्छाशक्ति हुने हो भने नेपाललाई समृद्ध बनाउनसक्ने कैयौं आधारहरु हामीसंग छन् ती आधारलाई उपयोग मात्र गर्न सक्ने हो भने, आम जनता खुशी बन्ने दिन आउन सक्छन् । जहां खुशी मिल्छ, जहां शिक्षा, स्वास्थ्य, रोजगारका सम्भावनाहरु खुलेर देखा पर्छन्, जहां मुलुकको अर्थतन्त्र बलशाली बन्दै जान्छ, जहां जनताको आधारभूत मानवअधिकारको रक्षा हुन्छ, त्यहां समृद्धि प्राप्ति हुन्छ ।
कृषि
कृर्षिबाट समृद्धि ल्याउने हो भने अन्नभण्डार तराईका भूभागमा व्यवसायी कृषि आवश्यक छ त्यसको लागि उन्तन मल बिउको साथै सिचाईको व्यवस्था हुनु आवश्यक छ । नेपालमा करिब २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमीन भएको अनुमान । कृषियोग्य जमिन दिन प्रतिदिन कम भइरहेको छ । कृषि योग्य भूभागलाई छुट्टाएर सिंचाई सुविधा पु¥याउन सक्नेहो भने समृद्ध नेपाल बन्न सक्दछ । अहिलेको कृषि प्रणाली समेत परम्परागत छ । व्यवसायिक कृषि पेशामा लाग्ने हो भने कृषि प्रदान देशबाट आत्मनिर्भर बन्न सकिन्छ । तर धेरैले पहिले देखि कृषि क्रान्ति बहस भए पनि अहिलेसम्म कृषिलाई त्यति महत्व दिइएको छैन । अहिले दुई तिहाईको कम्युनिष्ट सरकारले आर्थिक समृद्धिको आश्वासन बांडिरहंदा कृषिको व्यवसायीकरण कसरी हुन सक्दछ भनेर ठोस कार्यदिशा बन्न नसक्दा समृद्धिको बहस बहसै मात्र सीमित हुन्छ कि भन्ने चिन्ता पनि उत्तिकै छ ।
जलस्रोत
नेपालका लागि आर्थिक समृद्धिको प्रमुख आधार जलबिद्युत हो । ८३ हजार मेगाबाट भन्दा उर्जा क्षमता भएको मुलुक भएपनि १००० मेघावाटसम्म विजुली उत्पादन हुन सकेको छैन । वर्षौदेखि लोडेसेडिङको मारमा परेको मुलुक विद्युत प्राधिकरणको व्यवस्थापन र भारतबाट आयातित विजुलीको भरमा बल्लतल्ल नाममात्रको लोडसेडिङ मुक्त बनेको छ । अझै पनि लोड व्यवस्थापन राम्रोसंग नहुंदा अघोषित रुपमा लोडसेडिङ भैरहेको छ । यद्यपी, लोडसेडिङ अत्यसंगै अब उर्जा उत्पादन र निर्यातमा जोड दिन थालिएको छ । सरकारले समृद्धिका लागि १० वर्ष भित्र १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिका लागि स्वार्थ समुहहरुको प्रभावमा नपर्ने हो भने आर्थिक समृद्धिको लागि जलस्रोत नेपालको लागि बरदान नै सावित हुनसक्ने देखिन्छ ।
जडिबुटी
नेपाल त्यस्तो मुलुक हो जहां, हिमालय पर्वतदेखि तराईको चारकोशे झाडीसम्म जडिबुटीको अपार सम्भावना छ । हिमालमा अमुल्य जडिबुटीलाई सदुपयोग गरेर अधिक मुनाफा लिन सक्ने अवस्था छ । अहिले बिश्वमै यल्लोपेथिक भन्दा आयुबेर्दिक औषधीको प्रयोगमा जोड दिईंदै आएको छ । हाम्रो मुलुकको जडिबुटीलँई पहिचान गरी औषधी उद्योगमात्र खोल्न सकियो भने समृद्धि धेरै टाढाको बिषय हुने छैन । यति मात्र होइन नेपालका दुर्लभ जडिबुटी खेर गरिरहेको छ । यसलाइ्र्र समयमै पहिचान गरेमात्र हामी समृद्ध बन्न सक्ने आधार छ ।
पर्यटन
सुन्दरको जति वर्णन गरेपनि नेपाल जस्तो प्रकृति स्वर्ग जस्तो मुलुक संसारमै बिरलै पाइन्छ । धेरै पर्यटनहरु नेपाल अँएपछि लालायित हुन्छन । सर्वाेच्च शिखर, पहाडको सौर्दय दृश देखि तराईका फांट नेपालका लागि पर्यटनमा सम्भावना भएका क्षेत्र हुन् । प्राकृतिक सौन्र्दय हो वा धर्मिक अवस्थावानका लागि पशुपति, मुक्तिनाथ, स्वयम्भु, लुम्बिनी, देवघाट लगायतका धार्मिकस्थल पर्यटनबाट समृद्ध बन्न सक्ने अवस्था छ ।
अहिलेको तेस्रो विश्वको स्तरबाट सन् २०३० सम्म मध्य विकसित हुदै सन् २०४० सम्म प्रथम विश्वको स्तरसम्म पुग्ने नेपालको घोषित राष्ट्रिय लक्ष्य हो । बुझेर वा नबुझेर सबै सबैले विकास र समृद्धिको भाषण गरिहेका छन । त्यहांसम्म पुग्नका लागि कहाबाट सुरु गर्ने सबैतिर अन्योल रहेको छ । कृषि, जलबिद्युत, जडिबुटी पर्यटन, समृद्ध नेपालको लागि कोशेढुंगा क्षेत्र हुन तर हामीसंग सम्भावना छ भने हात बांधेर बस्ने अरुले गरिदेला भनेर त समृद्धी अझै सय वर्ष पनि आउने छैन । किनकी, समृद्धिको मापन त्यति बेला सफल भएको मानिन्छ, जतिबेला देशका जनता सबैहिसाबले खुशी हुनसक्छन् ।
त्यसैले जसले जहांबाट जे गर्न सकिन्छ, त्यहींबाट सानो सानो आफुले आफनो लागि काम गर्न आवश्यक छ । समृद्ध नेपालको लागि मनै देखि सबै जुट्नु पर्न अवस्था छ भने दक्ष जनशक्ति र लगानी मैत्री वताबरण बन्न सके अबको दशक समृद्धको दशक बन्ने छ ।
प्रतिक्रिया दिनुहोस्