ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको निर्देशन


bhawani desk
भाद्र १८, २०७५ सोमबार  ४ : ५३ बजे

काठमाडौं,१८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई दिनुभएको छ ।

काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उहाँले निर्देशन दिनुभएको हो ।

सम्मेलनबाट जारी घोषणापत्रमा गरीबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषिपालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र नथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख गरिएको छ ।

बिम्स्टेक सम्मेलन समापनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्क राष्ट्रका गतिविधि समान रुपमा र सक्रियतापूर्वक अगाडि बढ्ने जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले राससलाई जानकारी दिनुभयो ।

गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सम्मेलनस्थल प्रयोग गर्न नसकिएको र पर्याप्त बुलेटप्रुफ गाडीसमेत नभएको स्थितिमा सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सर्वसाधारण, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सञ्चारकर्मीले पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले राससलाई बताउनुभयो ।

समीक्षा कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सुरक्षा निकाय र सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com