ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा टिपर तथा ट्रकको दुर्घटना न्यून


bhawani desk
भाद्र १८, २०७५ सोमबार  २ : १४ बजे

काठमाडौं,१८ भाद्र । काठमाडौं उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।

सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷०७५ मा एक हजार ५८० यस्ता सवारी साधनबाट भएको दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो । जसमध्ये २०७४ को साउन र भदौमा मात्र ती सवारी साधनका कारण सातको मृत्यु भएको थियो ।
टिपर दुर्घटनाबाट पैदलयात्रु र साना सवारी चालकको मृत्युका घटना बढेकाले गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको थियो ।

साउन १ गते काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त दिउँसोको समयमा त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाएकै कारण दुर्घटनामा कमी आएको बताउनुहुन्छ । “रातको समयमा कम सवारीसाधन गुडने र सडकमा मानिसको भीडभाड कम हुने भएकाले दुर्घटनामा कमी आएको हो”, उहाँ भन्नुहुन्छ “ साँघुरो सडक र बढी सवारीसाधन आवतजावत हुँदा उपत्यकामा धेरै दुर्घटना हुने गरेको हो । ”

चालकको लापर्वाही र तीव्र गतिका कारण नै उपत्यकामा बढी ट्रक र टिपर दुर्घटना हुने गरेको उल्लेख गर्दै लामो समयदेखि मुलुकको सवारी साधन व्यवस्थापनको क्षेत्रमा काम गर्दै आउनुभएका जगतमान श्रेष्ठ भन्नुहुन्छ “ट्रक टिपरका चालकले जति अगाडि देख्छन् त्यति दायाँबायाँ नदेख्दा बढी दुर्घटना हुने गरेको छ ।”

पचास प्रतिशत सवारी चालकसँग भारी सवारीसाधन सञ्चालनको अनुमति पत्र ९लाइसेन्स० नभएको र त्यसमध्ये पनि २५ प्रतिशत चालक अनुभवविहीन भएका कारण दुर्घटना बढेको जानकारी दिँदै उहाँ टिपर र ट्रकका अधिकांश चालक सिकारुसमेत रहँदा दुर्घटना हुने गरेको बताउनुहुन्छ

मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु तथा बढी रकम पाउने लोभमा दुई÷तीनपटक ओहोरदोहोर गर्नु र तीव्र गतिका कारण पनि बढी दुर्घटना हुने गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठ दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउँदा व्यवसायमा समस्या परेको बताउनुहुन्छ । “रातको समयमा निर्माण सामग्री नपाउँदा सामान ढुवानीमा समेत समस्या परेको छ”, उहाँ भन्नुहुन्छ ।

रातको समयमा निर्माण सामग्री सवारीसाधनमा राख्दा वा झार्दा सुतिरहेका मानिसलाई असर पर्ने गरेकाले दिउँसोको समयमा ट्रक र टिपर चलाएर नै दुर्घटना न्यूनीकरण गर्न लागि ट्रक र टिपरको बनावट परिवर्तन गर्न व्यवसायी लागेको उहाँ बताउनुहुन्छ । आव २०७४÷०७५ मा काठमाडौँ उपत्यकामा मात्र सवारी दुर्घटनाबाट १९४ जनाको ज्यान गएको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा आठ लाखभन्दा बढी र देशभर ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com