ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्तचापले कुबेतमा अचेत भएका किसान थापा अस्पतालमा


bhawani desk

 

 म्याग्दी, १८ भाद्र । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उहाँलाई कोमामा ( अचेत अवस्था ) राखेर उपचार गरिएको थियो ।

दुई हप्तापछि सामान्य होशमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उहाँ अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहनुभएको छ ।

घरखर्च जुटाउन प्रवास पुग्नुभएका घरमूली नै बिरामी परेर अस्पतालमा भर्ना भएपछि यता उहाँको परिवार चिन्तित बनेको छ । कुबेतको कुक्जे कम्पनीमा कार्यरत किसान प्रवासमै थलिएपछि परिवारको गुजारा चलाउने सपना भताभुङ्ग भएको छ ।

दुई वर्षदेखि उक्त कम्पनीमा कार्यरत उहाँको उपचारमा लाग्ने खर्च अहिलेसम्म कम्पनीले नै व्यहोरेको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका कमल भण्डारीले जानकारी दिनुभयो ।

‘‘ किसानको स्वास्थ्यमा सामान्य सुधार आएपछि कम्पनी घर पठाउने तयारीमा थियो, हामीले उहाँको पूर्ण उपचार यहीँ गरेर मात्रै नेपाल पठाउने भनेका छौं, उहाँलाई नियम अनुसारको सहयोग गर्न कम्पनीले स्वीकारेको छ, स्वास्थ्यमा क्रमिक सुधार आएकाले छिट्टै घर पठाउन सक्छौँ भन्ने लागेको छ ’’, भण्डारीले भन्नुभयो ।

उहाँकाअनुसार बिरामी भएपछि लामो समयसम्म बोल्नसमेत नसक्ने अवस्थाका किसान अहिले सामान्य बोल्न सक्ने भए पनि अझै पूर्ण रुपमा स्मरणशक्ति फर्किसकेको छैन् । यता अस्पतालमा उपचाररत किसानको उपचार र उहाँलाई सहज रुपमा नेपाल पठाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुबेतले चासो दिएको छ ।

मोना कुबेतका संयोजक प्रेम विश्वकर्मा, महासचिव चन्द्र विश्वकर्मा, कोषाध्यक्ष कुष्णबहादुर खड्काले अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बीमा बापतको क्षतिपूर्ति लिन दूतावाससँग आवश्यक पहलको आग्रह गरिएको मोना कुबेतका महासचिव विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

सम्बन्धित

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने

वाईसीएल पुनः जुर्मुराउने बेला आयो – प्रचण्ड

कार्यकर्तालाई प्रचण्डको आग्रह- राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्नू

सुन्धाराको सडकमा ठोक्किए दुई मोटरसाइकल, एक जनाको मृत्यु

पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com