ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुर घटना : एसएसपी ज्ञवालीको संयोजकत्वमा अर्को समिति गठन


एबीसी न्यूज


काठमाडौं, १८ भाद्र । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ ।
सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिएका छन् ।

‘जिल्लामा अनुसन्धान गरिरहेको टिमलाई आवश्यकता अनुसार सहयोग गर्न नयाँ टोली पठाइएको छ’ प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘सीआईबीका एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा ब्याकअप टोली गठन भएको हो ।’

समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका अफिसरहरु रहेका छन् । टोली त्यहाँ पुगेर काम थालिसकेको जनाइएको छ ।

यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरि मैनाली नेतृत्वको समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ । यस्तै घटनाको सुरुवाती चरणमा अनुसन्धान गर्न सीआईबीकै डीएसपी अंगुर जोशी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।

बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र जोशी नेतृत्वको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो ।११ वर्षीया बालिका निर्मला पन्त साउन १० गते मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com