ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण : पक्राउ परेकी रोशनीले दिइन् यस्तो बयान


एबीसी न्यूज
भाद्र १५, २०७५ शुक्रबार  ८ : ५१ बजे

काठमाडौं, १५ भदौ । कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अभियुक्त रोशनी बमसँग लिइएको बयानको प्रारम्भीक सूचना बाहिर आएको छ ।

पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि रोशनी बम प्रहरी थुनामा छिन् । निर्मला पन्तकी साथी समेत रहेकी रोशनी बमले बलात्कार र हत्या आरोप अस्वीकार गरेकी छन् ।

रोशनीलाई थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा बयान लिइएको थियो । बयानका क्रममा रोशनीले आरोप अस्वीकार गरेकी हुन् ।

बयान लिने क्रममा सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ताको उपस्थिति रहेको थियो । बयानमा लैजाँदा रोशनी बमले आफू र दिदीमाथि लगाइएको सबै आरोप अस्वीकार गरेको स्रोतले जनाएको छ ।

तपाईंहरूमाथि त बलात्कारपछि हत्याको आरोप लागेको छ नि रु भनेर प्रश्न सोधिएको थियो । जवाफमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै घटनामा दिदीबहिनीको कुनै संलग्नता नरहेको दाबी गरेकी थिइन् ।

‘निर्मला बिहान ११ बजेतिर हाम्रो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, रोशनीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको रोशनीले बयानमा उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको रोशनीको भनाइ छ ।

‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।

अनुसन्धान गर्न प्रहरी हिरासतमा लिइएकी रोशनी बमलाई बालमैत्री हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई आदेश दिएको छ ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न घरदेखि हिँडेकी १३ वर्षीया निर्मलाको अर्कोदिन निम्बुखेडा खोलानजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

त्यसैगरी, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि हिरासतमा रहेका रोशनी बम र अनिता बमलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले ७ दिन म्याद थपिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com