ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजना विवादका कारण पाटन नगरसभा हुन सकेन


bhawani desk

बैतडी,१४ भाद्र । योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने बैतडीको पाटन नगरपालिकाका नगरसभा हालसम्म हुन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहहरुले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भएको भए पनि पाटन नगरपालिकाले अहिलेसम्म नगरसभा सम्पन्न गर्न सकेको छैन ।

गत असारमै नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाले नगरसभा भने अहिलेसम्म सम्पन्न गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले पारित गर्ने बजेटका विषयमा जनप्रतिनिधिबीच कुरा नमिलेपछि नगरसभा बस्न नसकेको हो ।

नगरसभाले बजेट पारित गर्नुपर्ने भए पनि अझै पनि नगरसभा सम्पन्न नभएकाले चालू आवमा कुनै काम अघि बढाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकामा रु सात करोड बजेट आएको तर सबै वडाको वडास्तरीय भेलाबाट रु १३ करोडसम्म हुने गरी योजना छनोट भएर आएकाले समस्या भएको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

वडाबाट आएका योजना र बजेट कुन कुन क्षेत्रमा कसरी छुट्याउने भन्ने कुरा मिलेको छैन उहाँले भन्नुभयो, “बजेट कसरी छुट्याउने भनेर कार्यविधि बनाउने तयारी गरेका छौँ ।” भदौ अन्तिम सातासम्म विवाद अन्त्य भई नगरसभा भइसक्नेसमेत नगरप्रमुख चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

सम्बन्धित

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

इजरायली दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com