ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडामा एकैरातमा तीन ठाउँ चोरी


bhawani desk

 

हेटौँडा, १४ भाद्र । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैंक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो ।

हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा रहेको दराज फोडिएको छ ।

कार्यालयका कागजपत्र भने दुरुस्त रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । कार्यालय चोरी भएको उज्यालो भएपछि थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस्तै राति नै हेटौँडा–१० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टि गरेको छ । बैंकको तीनवटा सटरमा लगाइएको ताला फोडिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।

सटर फोडिएको पाइएपछि चोरी भएको आशङ्कामा प्रहरीले अनुसन्धान गर्दा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यसैगरी हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा पनि चोरी भएको छ । गए राति नै भएको चोरीमा नगद तथा रिचार्ज कार्ड चोरी भएको बताइएको छ । मनी ट्रान्सफरको सटर फोडेर चोरी भएको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट भएको चोरीको विवरण भने आई नसकेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com