ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम सुनारीको नेतृत्वमा कुमार राना बचाउन जुट्यो १२ लाख


admin
भाद्र ११, २०७५ सोमबार  ६ : ४९ बजे

काठमाडौं, ११ भदौ । ब्लडमनी तिर्न नसकेर विगत ११ महिनादेखि साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट संकलित रकम हस्तान्तरण गरिएको छ।

आदिवासी जनजाति महासंघ, साउदीका पूर्वअध्यक्ष तथा समाजसेवी हुम सुनारी मगरको नेतृत्वमा साउदी अरबमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले संकलन गरेको उक्त रकम सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

मगर अन्तर्राष्ट्रिय मञ्चको आह्वानमा साउदीमा क्रियाशील संस्थाहरू पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, जनप्रगतिशिल मञ्च, लाङघाली स्पोर्टस् समूह, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरूले कुमार रानाको जीवन रक्षाका लागि साउदी अरबमा संकलित रकम १२ लाख १६ हजार सात सय ७७ रुपैयाँ हस्तान्तरण गरिएको हो।

नेतृत्वकर्ता सुनारीका श्रीमती कुमारी सुनारी मगरको उपस्थितीमा नेपाल मगर संघका विदेश विभाग सचिव रक्षबहादुर रैका मगर, संघका कोषाध्यक्ष कमला थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ, पारिवारिक सेवा समाज सादीका अर्जुन, गमन तामाङले ‘कुमार राना बचाउनका निम्ती ब्लडमणी संकलन अभियान’का संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी श्रीमती अम्बिका रानालाई हस्तान्तरण गरिएको हो।

रकम बुझ्दै अभियानका संयोजक ढकालले राउदी अदालतले तोकेको २ लाख ९४ हजार रियलमध्ये पीडित पक्षसँग कुराकानी गर्दा ४४ हजार रुपैयाँ पीडित पक्षले माफी दिने लिखित सहमति भएको बताउँदै कुमारले काम गर्ने कम्पनिले ५० हजार रियल दिने मौखिक सहमति गरेको जानकारी दिए। तर कम्पनीले लिखित सहमति नगरेका कारण उक्त रकम अहिलेसम्म निश्चित नभएको बताए। ढकालले कम्पनीले रकम उपलब्ध गराएमा अदालतले तोकिएको ब्लडमनी संकलन भइसकेको र कम्पनीले आश्वासन दिएको रकम नआएमा अझै थप ७ लाख रुपैयाँ आवश्यक पर्ने बताए।

अभियानका अनुसार हालसम्म करिब ६७ लाख १६ हजार बढी रकम संकलन भइसकेको छ। रोजगारीका लागि साउदी गएका गोरखाका कुमार राना कम्पनीको गाडी चलाउँदा दुर्घटनामा परेका थिए। दुर्घटनामा साउदी एक नागरिक घाइते भएर ८३ लाख रुपैयाँ माग दाबी गर्दै उनलाई जेल पठाइएको थियो। यसअघि सुनारीको नेतृत्वमा ब्लडमणी तिर्न नसकेर साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ती मगरलाई बचाउन ९ लाख २७ हजार ११८ रुपैयाँ सहयोग जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

सम्बन्धित

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com