ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाधार अभावले पर्यटन क्षेत्र ओझेलमा


bhawani desk

बागलुङ, १० भाद्र । पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ ।

जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्र, सङ्घ संस्थालगायत पर्यटनप्रति उदासिन छन् । गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन ।

पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षाको समेत अभाव छ । पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवा बताउँछन् ।

ढोरपाटनबाट जिल्लाले खासै फाइदा लिन सकेको छैन । ढोरपाटन खर्चिला विदेशी शिकारी पर्यटकको आकर्षणमा छ । कच्ची सडक पुगे पनि अन्य कुनै पर्यटकीय पूर्वाधार त्यहाँ छैन । सामान्य खाना, आवासको समेत असुविधा छ ।

शिकार खेल्न आउने पर्यटक बन्दोबस्तीसहित हेलिकप्टरमा आउँछन् र शिकार खेलेर फर्कन्छन् । देशको एकमात्र शिकार आरक्ष ढोरपाटन राज्यको नजरमा पर्न सकेको छैन । प्रचुर पर्यटकीय सम्भावना भए पनि ढोरपाटन पूर्वाधार नभएकै कारण पछि परेको छ ।

सडक बनेपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट रूपमा घुम्न जाने क्रम शुरु भएको छ । प्राकृतिक, सांस्कृतिक र जैविक विविधता भएको ढोरपाटन उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ । नेपालकै ठूलो जलाशययुक्त विद्युत् आयोजना त्यहीँ बन्ने भएपछि चर्चा थप बढेको छ ।

ढोरपाटनसँगै जिल्लामा अन्य दर्जनौँ पर्यटकीय गन्तव्य पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा छन् । केही वर्षअघि बन्न शुरु भएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट अर्को महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने देखिएको छ ।

बागलुङ नगरपालिकाभित्रै निर्माणाधीन पञ्चकोटमा रु दुई अर्बको योजना अघि बढाइएको छ । पूर्वाधार निर्माणको चरणमा रहेको पञ्चकोटमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । सदरमुकाम बाहिरका कतिपय पर्यटकीय गन्तव्यमा त अहिलेसम्म सडक पनि पुग्न सकेको छैन ।

पर्यटन प्रवद्र्धनमा विस्तारै चासो भने बढेको देखिन्छ । दुई महिनाअघि जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बागलुङ पर्यटन विकास समिति’ गठन भएको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्था थिएन । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा समितिले काम गर्ने अध्यक्ष राजु खड्का बताउनुहुन्छ ।

सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजनामा सीमति छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाको यथार्थ विवरण सङ्कलन गरिने अध्यक्ष खड्का बताउनुहुन्छ ।

“तत्कालै जिल्लाको पर्यटकीय सम्भावना झल्कने वृत्तचित्र बनाउँछौँ” उहाँले भन्नुभयो, “पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न समितिले पहल थाल्नेछ ।” पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जिल्लालाई पर्यटन बजारमा उजागर गरिने भएको छ ।

पछिल्ला वर्षमा मुस्ताङ घुम्न निस्कनेमध्ये केही पर्यटक बागलुङ भएर जान थालेका छन् । बढीजसो आन्तरिक पर्यटकले एक रात बागलुङमा बिताउने गरेको बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । होटल पार्टी प्यालेसका सञ्चालकसमेत रहनुभएका उहाँले जिल्ला भित्रने पर्यटकलाई यहीँका पर्यटकीय क्षेत्रमा घुमाउन नसकिएको बताउनुभयो ।

बागलुङ बजार पस्ने पर्यटकलाई नजिकैको कालिका भगवती मन्दिर, पञ्चकोट र ‘होमस्टे’ गाउँ भकुण्डेमा आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । “सम्भावना छ, तर हामीकहाँ पर्यटनमैत्री पूर्वाधार छैन”, उहाँले भन्नुभयो, “भकुण्डे जाने सडक दश वर्षअघि जस्तो थियो अहिले पनि उस्तै छ” पछिल्लो समय पर्यटकलाई लक्ष्य गरी सविधायुक्त होटल खुल्न थालेका छन् । पर्यटन विकास र प्रवद्र्धनले गति लिएको अवस्थामा सेवा बढाउन व्यवसायी तयार छन् ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा पूर्वाधार निर्माण र प्रचारप्रसार अभावमा जिल्लाको पर्यटन गतिविधि पछाडि परेको बताउनुहुन्छ । उहाँले पर्यटनका बारेमा गहिरो गरी र ठोस रूपमा योजना नै नबनेको उल्लेख गर्नुभयो ।

पर्यटनका नाममा अघिल्ला वर्षमा आउने बजेट अनुत्पादक ठाउँमा खर्च भएको उहाँको भनाइ छ । “बजेट मन्दिर बनाउन खर्च भयो, पर्यटनमा उल्लेख्य केही काम भएन”, उहाँले भन्नुभयो । स्थानीय जनप्रतिनिधिले पर्यटन विकासलाई प्राथमिकतमा राख्नुपर्ने सापकोटाको भनाइ छ ।

प्रदेश सरकारले यस वर्ष ढोरपाटनको पर्यटन विकासको लागि रु एक करोड छुट्याएको छ । रु दश लाख अध्ययनको लागि र बाँकी रु ९० लाख पूर्वाधार निर्माणमा खर्चहुनेछ । भकुण्डेलगायतका ठाउँमा घरबास पर्यटन ‘होमस्टे’ को राम्रो सम्भावना छ ।

ढोरपाटन, कालिका भगवती मन्दिर, पञ्चकोट, भकुण्डे, गाँजाको दह, भैरवस्थान, गलकोट दरबार, घुम्टेको लेकलगायत पर्यटकीय गन्तव्य यहाँ छन् । पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सके जिल्लाले पर्यटन विकासमा फड्को मार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com