ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैह्र सैनिकलाई छ करोड भन्दा बढि छात्रवृत्ति प्रदान


bhawani desk

काठमाडौं,१० भाद्र । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त संस्थानमा आव २०७४÷७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ महाविद्यालयमा ३३ र कलेज अफ मेडिकल पोलिटेक्निकमा अध्ययनरत २७ गैह्र सैनिक परिवारका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध रहेको सैनिक कल्याणकारी निर्देशक सहायकरथी रघु भण्डारीले जानकारी दिनुभयो ।

उक्त कोषद्वारा सञ्चालित मुलुकका आठ सैनिक महाविद्यालयमा हाल आठ हजार ३३८ विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसमध्ये गैह्रसैनिक परिवारका विद्यार्थी सङ्ख्या दुई हजार ८८७ छ । अब्बल नतिजाका कारण केही वर्षयता मुलुकको शिक्षा क्षेत्रमा सैनिक महाविद्यालय विद्यार्थीको पहिलो रोजाइको केन्द्र बन्दै आएको छ ।

सैनिक महाविद्यालयमा कूल विद्यार्थी सङ्ख्याको ३५ प्रतिशत गैह्र सैनिकका लागि प्रदान गर्दैआएको नेपाली सेनाले जानकारी दिएको छ ।

अवाललाई निःशुल्क शिक्षा

गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पमा परी २२ घण्टापछि सकुशल उद्धार गरिएका भक्तपुर मूलढोकाका सोनिस अवाललाई सेनाले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । नेपाली सेनाको तर्फबाट शैक्षिकवृत्ति अन्तर्गत कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा पढाउन ‘प्रधानसेनापति प्राकृतिक प्रकोप राहत कोष’ बाट वार्षिक ५० हजार उपलब्ध गराइनेछ ।

अवाललाई कक्षा ६ देखि भने सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने सैनिक कल्याणकारी निर्देशक सहायकरथी भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच, कोषद्वारा सञ्चालित निकायमा हाल एक हजार ५१६ शिक्षक र एक हजार ४२६ कर्मचारी गैह्र सैनिक रहेको जनाइएको छ । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट हालसम्म एक हजार गैह्र सैनिकले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । कल्याणकारी कोषबाट सञ्चालित संस्थामा गैह्र सैनिकका लागि प्रदान गरिएको सेवा सुविधाले सैनिक र नागरिकबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुगिरहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com