ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर र सूर्यविनायक जुवा खालबाट १७ जना जुवाडे पक्राऊ


एबीसी न्यूज
भाद्र १०, २०७५ आईतबार  ८ : २७ बजे

भक्तपुर, १० भाद्र । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाखालबाटै पक्राऊ गरेको छ ।

प्रहरी परिसर भक्तपुरले शनिबार यसबारे जानकारी दिँदै भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राऊ गरेको बताएको छ ।

पक्राऊ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, सोही ठाउँका ४१ वर्षीय रवीन्द्र शाखकर्मी ४१, वर्षीय केदार शाखकर्मी, चानपा–८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनी रहेका छन् ।

प्रहरीले जुवाखालबाट नगद रु ८६ हजार ७२० र ९ वटा तासको थानसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–८ स्थित एक घरमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ४५ वर्षीय विष्णु स्वानेपा, काभ्रे रोसी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा, ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध–९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी–४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मङ्गलटार–९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल–७ बस्ने २७ वर्षीय योगेन्द्र लामा, सूर्यविनायक–८ बस्ने ३३ वर्षीय विशाल तामाङ रहेका छन् ।
जुवाखालबाट नगद रु ८४ हजार ९२५ सहित २१ थान तास बरामद गरेको पोखरेलले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com