ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति


एबीसी न्यूज

खोटाङ, १०  भाद्र ।  वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ ।

साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार  विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रोहबरमा म्यानपावर सञ्चालक र कामदारको आफन्तबीच यस्तो सहमति भएको हो ।

सम्झौता पत्रमा सबै कामदारलाई सरसफाईको काम दिइने, एक दिनमा आठ घन्टा, महिनामा २६ दिन काम गर्नुपर्ने, तलब साउदी रियाल एक हजार र २०० खाना खर्च दिइने, बस्ने, यातायात, सुरक्षा आदि कम्पनीले उपलब्ध गराउने, परिचयपत्र र जीवन बीमा कामदारले काम शुरु गरेको ४५ दिनभित्र कम्पनीले उपलब्ध गराउने, नेपालबाट साउदी गएर काम गरेको दिनदेखि अहिलेसम्म पाउन बाँकी तलब कम्पनीले दिने, घर फर्कन चाहने कामदारलाई हवाई टिकट दिएर घर फिर्ता गराउने तथा काम गर्न चाहनेलाई सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई पुनः काममा लगाउने उल्लेख छ ।

दुई पक्षबीच गरिएको सम्झौता पत्रमा उल्लेखित शर्त पूरा नभए नेपालबाट पठाउने म्यानपावर कम्पनी काठमाडौँ मित्रपार्कस्थित इमप्लाइमेन्ट सर्भिसेज र इम्पावर ओभरसिज प्रालि पूर्ण रुपले जवाफदेही हुनेछ भन्नेसमेत उल्लेख गरिएको छ ।

म्यानपावर कम्पनी र कामदारका आफन्तबीच शर्त पूरा गर्छु भनेर तयार पारिएको सम्झौता पत्रमा हस्ताक्षर भए पनि कामदारहरु भने अझै असन्तुष्ट रहेको दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रका परामर्शदाता बुना विश्वकर्माले बताउनुभयो ।

“अलपत्र अवस्थामा रहेका सबैको उद्धार गर्न हामीले प्रयत्न ग¥यौँ ।” उहाँले भन्नुभयो, “उनीहरुको उद्दार गर्न धेरै चुनौती भएकाले उनीहरुलाई पुनः काममा फर्काउन बाध्य भयौँ । म्यानपावर कम्पनीले गरेको प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गरे समस्या नहुने देखिन्छ । यो समस्याको समाधान चाँडै र इमान्दारीपूर्वक गर्न सम्बन्धित निकायलाई खबरदारी गरिरहेका छौं ।”

एक महिना नौँ दिनदेखि साउदीअरबको दमामस्थित तुक्बा भन्ने ठाउँमा अलपत्र अवस्थामा रहेका कामदारले भने उल्लेखित सम्झौताकै भरमा मात्र काममा नजाने बताउँदै आएका छन् । “सम्झौता पत्रमा हस्ताक्षर भएको भरमा हामी काममा फर्कदैनौँ ।” खोटाङ जालपाका शेषन श्रेष्ठले भन्नुभयो, “यसअघि पनि हामीले सबै प्रक्रिया पु¥याएरै साउदी आएका हौँ । अब काममा फर्कन राजदूतावासले पनि विश्वास दिलाउनुपर्छ ।”

साउदी अरबको सोनमार अलमामलखास्थित एडभरटाइजिङ कम्पनीमा सप्लाइको काम गर्दै आएका उनीहरु कम्पनीले तलब नदिएको भन्दै गत असार ३२ गते काम छाडेर कोठामै बसेका थिए । उनीहरु काममा नगएपछि कम्पनीले त्यसको भोलिपल्ट साउन १ गते कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा फालिदिनुका साथै गाडीमा राखेर एकान्त ठाउँमा लगेर अलपत्र पारेको जनाइएको छ ।

साउदीअरब पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काम छाडेर बसेकामा कम्पनीले सडकमा निकालिदिएपछि उनीहरु बिचल्ली परेको जनाइएको छ । गत २०७४ साल फागुन १ गते एकैसाथ साउदी अरब पुगेका उनीहरु सम्झौता अनुसारको काम र दाम नपाएपछि आन्दोलन गर्दा अलपत्र परेका हुन् ।

साउदीअरबमा ३८ नेपाली अलपत्र परेपछि उनीहरुका आफन्तले काठमाडौँमा रहेको सुरक्षित आप्रवासन परियोजनाअन्र्तगत पिपुल्स फोरममार्फत् निःशुल्क कानूनी सहायताका लागि निवेदन दिएका थिए । निवेदन दर्ता भएलगत्तै पीडितको आवश्यक कागजात इमेलमार्फत मगाएर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरिएको थियो ।
(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

शिक्षकका समस्या तीन दिनभित्र समाधान गर्न सरकारलाई सर्वोच्चको आदेश

एनआरएनएलाई सर्वोच्चको चेतावनी : अदालतको आदेश पालना गर्नुस्

अहिलेको व्यापार युद्ध यसअघिभन्दा कसरी फरक छ ?: न्यूयोर्क टाइम्स

खनाल आयोगले निष्कर्ष : नियमनकारी निकायहरू स्वार्थ–समूहको कब्जामा, १२ मुख्य बुँदा, समाधानका ५ कोण

चीनसँग गहिरिँदो व्यापारिक लडाइँले अमेरिकी किसानहरूलाई नयाँ खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com