ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजारमा एक अर्ब बढीको कारोबार


bhawani desk

काठमाडौं,९ भाद्र । धितोपत्र बजारमा यस साता रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो ।

गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता शेयर रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार मूल्यमा खरीद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अङ्कले घटेर अन्तिम दिन एक हजार १७८ दशमलव ५० अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ५४ अङ्कले घटेर २४८ दशमलव ९९ अङ्कमा आइपुगेको छ । यस साता कारोवार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु छ करोड ६१ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको सेयरका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १३ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन ।

बाह्र वित्तीय संस्थाको शेयर सूचीकृत

भार्गव विकास बैंकको २१ लाख १२ हजार कित्ता हकप्रद, हाम्रो विकास बैंकको तीन लाख ३४ हजार ८८८ कित्ता बोनस, सिद्धार्थ बैंक लिमिटेडको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एक लाख ३८ हजार बोनस, हिमालयन बैंकको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार कित्ता हकप्रद, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७६ हजार कित्ता बोनस, एनएमबी बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप निष्काशन, नाडेप लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता प्राथमिक शेयर, मेघा बैंकको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर सूचीकृत भए ।

त्यस्तै लुम्बिनी विकास बैंकको एक लाख ६४ हजार ६४४ कित्ता हकप्रद र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com