ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमै अचार बेचेर मासिक डेढ लाख आम्दानी


bhawani desk
भाद्र ९, २०७५ शनिबार  ३ : ३२ बजे

भद्रपुर, ९ भाद्र । सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनुभएको छ, झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी ।

उहाँले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि रु पाँच लाख पूँजी लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा शुरु गरिएको अचार उद्योगबाट उहाँले अहिले कम्तीमा मासिक रु एक लाख ५० हजार आम्दानी गरिरहेको बताउनुभयो ।

उहाँको उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर हेटौँडा, पोखरा र काठमाडौँ बजारमासमेत बढ्दै गएको छ । उद्योगबाट वार्षिक १० हजार किलोग्राम विभिन्न ब्राण्डका अचार उत्पादन हुँदै आएको छ ।

अहिलेसम्म रु ५० लाख लगानी भइसकेको सो उद्योगमा आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने भएकाले महिला दिदीबहिनीले सीप सिकेर यस्ता आयमूलक व्यवसायमा लाग्नुपर्ने उहाँको सुझाव छ ।

अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उहाँको धारणा छ ।

पाँचवर्ष अघिसम्म विर्तामोड देवीबस्तीमा भाडाको घरमा सञ्चालन हुँदै आएको उक्त अचार उद्योगलाई सञ्चालक शिवाकोटीले अहिले आफ्नै घरमा सार्नु भएको छ ।

उद्योगकै लागि भनेर ठूला ठूला दुई कोठे पक्की भवन उहाँले निर्माण गर्नु भएको छ, भने एउटा भवनमा अचार उत्पादन हुन्छ र अर्कोमा तालीम सञ्चालन हुने गरेको छ । उहाँको उद्योगमा अकबरे दाना, अकबरे पेस्ट, टिमुर–लसुनको पेस्ट, अकबरे–तामा, मिक्स आचार, कागती दाना, कागती पेस्ट, किबी, स्याऊ, मेथीको पेस्ट, करेला लगायतका विभिन्न फ्लेवरका अचार बन्ने गरेको छ ।

उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, किबी, बासको तामा, टिमुर, लसुन, करेला लगायतका फलफूल झापा र इलामस्थित कृषकको खेतबारीबाटै ल्याइने गरिएको उहाँ बताउनुहुन्छ ।

उद्योग खोल्नु अघि उहाँ इटहरीको प्रसिद्ध रिजाल टाँसी इण्डस्ट्रिज प्रालिलाई झापाबाट कच्चा पदार्थको रुपमा फलफूल पठाउने व्यापार गर्नुहुन्थ्यो । त्यही क्रममा अचार बनाउने सीप सिक्न पाएपछि शिवाकोटीले रिजाल टाँसी उद्योगका मेनेजर केडी शर्मा र पर्चेज मेनेजर विष्णु न्यौपानेको प्रेरणाले अचार उद्योगमा होमिएको बताउनुहुन्छ ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत सालिकराम भट्टराईले शिवाकोटी झापाको अचार उद्यमी मात्र नभएर एउटा कुशल प्रशिक्षक भएको बताउनुहुन्छ । शिवाकोटीले विगत पाँच वर्षदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा सय भन्दा बढी समूहलाई अचार बनाउने तालमि प्रदान गरिसक्नु भएको छ ।

उहाँबाट तालीम लिएकाहरुले झापामा दर्जनांै घरेलु उद्योग सञ्चालन गर्न थालिसकेका छन् । म आफू मात्र उद्योगी भएर हुँदैन, अरुलाई पनि सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचाइले तालीमलाई प्राथमिकता दिइरहेको छु’–शिवाकोटीले भन्नुभयो ।

झापाको मेचीनगर, विर्तामोड, कनकाई, दमक लगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा अचार उद्योग सञ्चालनमा आइरहेका छन् । जसको श्रेय शिवाकोटीलाई नै जान्छ ।

हालसम्म हातले अचार उत्पादन गरिरहेको जनाउँदै अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थाल्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उहाँ बताउनुहुन्छ । उहाँले अर्जुनधारा नगरपालिकासँग अचार बनाउने हाइड्रोलिक मेसिन खरिदका लागि अनुदान माग गरिएको बताउनुभयो ।

भद्रपुरस्थित साना तथा घरेलु उद्योग कार्यालय झापाले आर्थिक वर्ष २०७४÷७५ मा सात वटा अचार उद्योग दर्ता भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com