ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापालन व्यवसायबाट ४० लाख आम्दानी


bhawani desk

दाङ, ९  भाद्र ।  मही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल हुनुभएको छ ।

उहाँले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ । वर्षाको समयमा पनि उहाँको घरमा माछा लिन आउनेको सङ्ख्या बढ्दो छ ।

विगत आठ वर्षदेखि व्यावसायिकरुपमा माछापालन गर्दै आएका तामाङले अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्न सफल भएको बताउनुहुन्छ । आफ्नो माछापालन व्यवसायमा उहाँले सात जनालाई रोजगारीसमेत दिनुभएको छ । सबै खर्च कटाएर यो व्यवसायबाट आफूले वार्षिक रु २० लाख बचत गर्ने गरेको माछापालक किसान तामाङको भनाई छ ।

“घरमा माछा लिन आएकाले पनि कसरी र कहिलेदेखि यो व्यवसाय शुरु गर्नुभयो भन्दै सोध्छन् उहाँले भन्नुभयो, “यहाँ आएका जोसुकैले पनि एक पटक पोखरी खन्ने सपना देखेर फर्कन्छ ।”

शुरुमा धान गहुँलगायत खाद्यान्न राम्रो उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उहाँलाई कम्ती गाह्रो भने नभएको होइन् । गाउँ समाज र घर परिवारबाट खेतीयोग्य जमीनलाई खनेर खाल्टो पार्दा बौलाउन थालिस् भन्नेहरु यतिखेर आफ्नो प्रशंसा गर्न थालेकोमा उहाँ खुसी व्यक्त गर्नुभयो ।

करीब आठ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछापालन गरिएको छ । गत असार मसान्तसम्ममा २०० क्विन्टलभन्दा बढी माछा बिक्री भएको तामाङले बताउनुभयो । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लगिने गरिन्छ ।

प्रतिकिलोग्राम रु २२० देखि रु २५० सम्मका दरले माछा बिक्री हुने गरेका छन् । शुरुका दिनमा माछा बिक्री गर्नका लागि छिटुवामा राखेर स्थानीय बजारमा लग्ने गर्दथँे । तर अहिले त टाढाटाढाबाट घरमा नै माछा किन्न आउनेको भीड लाग्ने गर्दछ ।

यस व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउँदै उहाँले गाउँघरमा नै बसेर कम लागतमा मनग्ये आम्दानी गर्न सकिने भएकाले यो व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिनुभयो ।
मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै कमाउन सकिन्छ उहाँले भन्नुभयो । माछापालनमा लामो अनुभव बिताएका तामाङसँग माछापालनका बारेमा सरसल्लाह गर्न आउने पनि धेरै छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाको संयुक्त अभिनन्दन

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com