ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाद्वारा कर समायोजन


bhawani desk
भाद्र ९, २०७५ शनिबार  ११ : ०२ बजे

बागलुङ, ९ भाद्र । बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ । दैनिक उपभोग्य सामान (थोक विक्री), अफसेट प्रेस, बस, ट्रक बिक्रेता, गाईभैसी फार्मलगायतका व्यवसायमा करको दर कटौती गरिएको हो ।

गत आवमा दैनिक उपभोग्य सामान थोकमा रु सात हजार कर लिइएकामा चालु आवमा रु. पाँच हजार ५०० तोकिएको छ ।

त्यस्तै अफसेट प्रेसको रु १० हजारबाट रु सात हजार, बस, ट्रक बिक्रीमा रु १२ हजारबाट १० हजार कायम गरिएको छ भने गाईभैसी फार्ममा रु एक हजार ५०० लिने गरिएकामा अहिले रु एक हजार बनाइएको छ ।

कपडा तथा छाला जुत्ता मर्मत, सिलाइ केन्द्र, स्वदेशी शैलुन, पोल्टी फार्म, कपास ‘रिसाइक्लिङ’ मा पनि कर घटाइएकोे छ । जनजीवनसँग प्रत्यक्ष जोडिएका व्यवसायमा कर घटाइएको नगरपालिकाका उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक सुरेन्द्र खड्काले बताउनुभयो ।

नगरसभाको निर्णयअनुसार गत आवमा तोकिएको करलाई समायोजन गरिएको उहाँको भनाइ थियो । नगरपालिकाले कतिपय व्यवसायमा भने चालु आवमा कर वृद्धि गरेको छ । तेह्र प्रकारका व्यवसायमा गत वर्षको तुलनामा यो वर्ष कर बढाइएको हो । सबैखाले उत्पादनका वितरक, डिलर, फेसन, ज्वेलर्स, रङ्गरोगन, सीसा, प्लाइ, फेन्सी, कपडा तथा छाला जुत्ता, ग्रील उद्योग, मदिरा फलफूल तथा तरकारी, पशुपंक्षी दाना पसल लगायतमा पनि कर बढेको छ ।

स्थानीय तहले करको बोझ बढेको गुनासो बढिरहेको बेला उक्त नगरपालिकाले भने केही राहत दिलाउने काम गरेको छ । सर्वसाधारणको मनोभावना बुझेर सेवा तथा सिफारिशलाई निःशुल्क बनाइएको उपप्रमुख खड्काले बताउनुभयो । “बाहिर सुनिएजस्तो गरी करको बोझ थपिएको छैन,” उहाँले भन्नुभयो, “कर प्रणालीलाई प्रगतिशील बनाउनतिर लाग्छौँ ।”

व्यवसायीसँग समन्वय गरेर नै करलाई व्यवस्थित गरिने जानकारी दिँदै नगर प्रमुख जनकराज पौडेलले नगरपालिकाले उठाउने करको केही हिस्सा व्यवसायीकै हितमा प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कर वृद्धिमा भन्दा दायरा बढाउनेतिर हाम्रो जोड छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले भने नगरपालिकाले अनावश्यक रूपमा कर बढाएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com