ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रेस युनियन अधिवेशन असोज दोस्रो साता हुने


bhawani desk


काठमाडौं,८ भाद्र । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ ।

शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । युनियनले भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने तथा भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ ।

युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर गौतमको संयोजकत्वमा अच्युत रेग्मी, अक्कल कुँवर, खगेन्द्र भण्डारी र लक्ष्मी सापकोटा सदस्य रहेको समिति गठन गरेको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा १०१ सदस्यीय अधिवेशन मूल समारोह समिति गठन गरेको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिको साउनमा बसेको बैठकले जिल्ला शाखाको अधिवेशन भदौ २१ देखि असोज १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले प्रदेश समितिको अधिवेशन आगामी मङ्सिर १ गते तथा केन्द्रीय समितिको अधिवेशन मङ्सिर २८ र २९ गते गर्ने निर्णय गरेको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

पूर्वीनाकाबाट चार करोड ६० लाख रुपैयाँको खरबुजा भित्रियो

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)

अमेरिकी राजदूत थम्प्सन मुस्ताङमा

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com