ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीद्वारा टिपर दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग


bhawani desk

रोल्पा, ८ भाद्र  । केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् ।

मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो ।

रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा दामासाही रूपमा प्रति मृतकको रु सात हजार ३९० का दरले उपलब्ध गराइएको स्थानीय हर्क घर्तीमगरले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका अध्यक्ष नौलसिं पुन, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनलगायतको सहभागिता रहेको सो कार्यक्रममा मृतकका परिवारलाई सम्झने मुस्ताङी विद्यार्थीप्रति रोल्पालीले आभार व्यक्त गरेका थिए ।

सडक निर्माणमा मजदुरी गर्न गएका थवाङ र सुनछहरी गाउँपालिकाका नौँ मजदुरले मुस्ताङमा भएको टिपर दुर्घटनामा ज्यान गुमाएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनीहरूको मृत्युपछि परिवारका सदस्यलाई जीवन निर्वाहमा समस्या भएको थियो । आर्थिक सहयोगले तत्कालका समस्या समाधानमा सहयोग पुग्ने मृतकका परिवारले जनाए । दुर्घटनामा एकै परिवारका तीनसहित नौँ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com