ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट सीबीटी परीक्षा सुरु


एबीसी न्यूज

काठमाडौं, ८ भाद्र । शुक्रबारबाट सीबीटी परीक्षा शुरु हुँदैछ । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा (सीबीटी) शुरु भएको हो ।

ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ ।
कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ । कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले जनाएको छ ।

सीबीटी परीक्षा चार सेसनमा हुने छ । पहिलो सेसन बिहान ९ बजेबाट, दोस्रो सेसन साढे १० बजेबाट, तेस्रो सेसन १ बजेबाट र चौथो सेसन साढे २ बजेबाट सुरु हुने छ । तर, परीक्षार्थीहरु भने तोकिएको समयभन्दा आधा घण्टा अगाडि नै परीक्षा हलमा प्रवेश गरिसक्नुपर्ने छ ।

सीबीटी परीक्षा सुरु हुनुअघि ओरिन्टेसन क्लास हुनेछ त्यसमा परीक्षार्थीहरुले आफूले काम गर्ने क्षेत्र परिवर्तन गर्न पाउनेछन् ।

कुनै कारणबस यो परीक्षामा सहभागी हुन नसकेमा पुनः परीक्षामा सहभागी हुने पाइने छैन ।

परीक्षार्थीहरुले सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य लिएर जानुपर्ने छ । यदि परीक्षामा चिट चोरेको पाइएमा तीन वर्षसम्म भाषा परीक्षामा सहभागी हुन नदिइने ईपीएस शाखाले जनाएको छ ।

यो परीक्षा पास गरेकाहरु कोरियामा पुनः काम गर्न जान योग्य हुन्छन् तर कोरिया जाने ग्यारेन्टी भने हुने छैन ।

परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिएका छन ।

दक्षिण कोरिया सरकारले इपिएसअन्तर्गत काम गरी वैधानिक तवरले फर्केका व्यक्तिका लागि पुनः कोरियामा काम गर्ने अवसर प्रदान गर्न सीबीटी परीक्षा सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com